५ श्रावण २०८३, मंगलबार | July 21, 2026

कास्कीमा भदौ ७ गतेसम्म निषेधाज्ञा घोषणा



पोखरा । कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि कास्की जिल्लामा आज रातिदेखि निषेधाज्ञाको घोषणा गरिएको छ ।

पोखरामा कोरोना रोकथाम नियन्त्रण र व्यवस्थापन समितिले विज्ञहरुसँग गरेको छलफलमा जिल्लाभर निषेधाज्ञा लगाउन सुझाव दिइएको थियो । लगत्तै जिल्ला सुरक्षा समितिको बैठक बसेर आजै रातिबाट ७ बजे गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको हो ।

हिजो बसेको जिल्ला सीसीएमसी बैठकले जिल्ला प्रशासन कार्यालयलाई निषेधाज्ञा जारी गर्न अनुमति प्रदान गरेको थियो ।

मंगलबार बसेको बैठकले ७ दिनका लागि निषेधाज्ञा जारी गर्दै त्यसलाई कार्यान्वयन गराउन सुरक्षा संयन्त्रसमेत परिचालन गर्ने निर्णय गरेको छ ।

निषेधाज्ञाअवधीभर अत्यावश्यक कामबाहेक अन्य गतिविधिमा रोक लगाइएको छ । आवश्यक परे निषेधाज्ञाको समयावधी थप हुनसक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

पोखरा महानगरभित्रै आज बिहान थप १५ जना संक्रमित थपिएका छन् । पोखरामा मंगलबार बिहान तनहुँकी एक महिलाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ ।

चाडवाड नजिकिएसँगै संक्रमणको जोखिम पनि बढ्दै गएको छ ।

प्रकाशित मिति : २ भदौ २०७७, मंगलबार  ११ : ५३ बजे

महाकालीमा जलस्तर घटेपछि बनबासा पुलमा यातायात सञ्चालन

महेन्द्रनगर । महाकाली नदीमा जलस्तर घटेपछि पश्चिमी नाका हुँदै भारततर्फको

उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च

सुर्खेत । उच्च अदालत सुर्खेतले जबरजस्तीकरणीका मुद्दाहरू बढ्दै गएको तथ्याङ्क

नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ खरिद अध्ययन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा

काठमाडौँ । सूचना तथा सञ्चार मन्त्रालयले नेपाल टेलिभिजनको स्याटेलाइट ब्याण्डविथ

नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक प्रचण्ड

जनकपुरधाम । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक तथा पूर्वप्रधानमन्त्री

मोदी निवासअगाडि प्रदर्शन गर्न पुगेका राहुल गान्धी, प्रियंका र अखिलेश पक्राउ

नयाँदिल्ली । भारतका विपक्षी दलका नेता राहुल गान्धी सहित कैयौं