१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मोरङमा थप १०५ जनामा कोरोना संक्रमण, ९६ जना विराटनगरका



विराटनगर । मोरङमा स्वास्थ्य कार्यालयकै प्रमुखसहित थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भउको छ ।

संक्रमण पुष्टि हुनेमा विराटनगर महानगरपालिकाका मात्रै ९६ जना छन् ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको व्यवस्थापकको समेत जिम्मेवारी सम्हाल्दै आएका स्वास्थ्य प्रमुखसहित कार्यालयका अन्य २ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी नोबेल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ ।

मोरङमा हालसम्म कोरोना संक्रमणको संख्या १ हजार १ सय ४१ पुगेको छ । संक्रमितमध्ये ३ सय ६३ जना निको भएका छन् । ११ जनाको मृत्यु भएको छ ।

उता, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक नर्स र अस्पतालमा भर्ना भएका दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुवै महिला धनुषाबाट रेफर गरिएका थिए ।

तीमध्ये एक जना ३० साताकी गर्भवती साउन ३१ मा र अर्की महिला पाठेघरमा समस्या भएर शल्यक्रियाका लागि साउन २९ मा प्रतिष्ठानमा भर्ना भएका थिए ।

वीपी प्रतिष्ठानमै मंगलबार साँझ मोरङको बुढीगंगा २ निवासी ६५ बर्षीया बृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : ४५ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से