३ पुस २०८२, बिहिबार | December 18, 2025

मोरङमा थप १०५ जनामा कोरोना संक्रमण, ९६ जना विराटनगरका



विराटनगर । मोरङमा स्वास्थ्य कार्यालयकै प्रमुखसहित थप १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भउको छ ।

संक्रमण पुष्टि हुनेमा विराटनगर महानगरपालिकाका मात्रै ९६ जना छन् ।

कोसी अस्पतालको कोभिड–१९ उपचार केन्द्रको व्यवस्थापकको समेत जिम्मेवारी सम्हाल्दै आएका स्वास्थ्य प्रमुखसहित कार्यालयका अन्य २ कर्मचारीमा पनि कोरोना पुष्टि भएको छ ।

यसैगरी नोबेल शिक्षण अस्पतालमा कार्यरत एक चिकित्सकसहित ४ जना स्वास्थ्यकर्मीमा समेत कोरोना देखिएको छ ।

मोरङमा हालसम्म कोरोना संक्रमणको संख्या १ हजार १ सय ४१ पुगेको छ । संक्रमितमध्ये ३ सय ६३ जना निको भएका छन् । ११ जनाको मृत्यु भएको छ ।

उता, धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक नर्स र अस्पतालमा भर्ना भएका दुई महिलामा पनि कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमित दुवै महिला धनुषाबाट रेफर गरिएका थिए ।

तीमध्ये एक जना ३० साताकी गर्भवती साउन ३१ मा र अर्की महिला पाठेघरमा समस्या भएर शल्यक्रियाका लागि साउन २९ मा प्रतिष्ठानमा भर्ना भएका थिए ।

वीपी प्रतिष्ठानमै मंगलबार साँझ मोरङको बुढीगंगा २ निवासी ६५ बर्षीया बृद्धा महिलाको उपचारको क्रममा मृत्यु भएको थियो ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ८ : ४५ बजे

सरकार-जेनजी १० बुँदे सम्झौता विरुद्ध सर्वोच्चमा रिट, शुक्रबार पेशी

काठमाडौं । सरकार र जेन–जीबीच भएको १० बुँदे सम्झौता संविधानविपरीत

पार्टी अभियानमा आफ्नो भूमिका र संलग्नता निरन्तर रहन्छ : ईश्वर पोखरेल

काठमाडौं । नेकपा एमालेको अध्यक्ष पदमा पराजित भएपछि ईश्वर पोखरेलले

ओलीका विश्वासपात्र विष्णु रिमाल केन्द्रीय सदस्यमा पनि पराजित

काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिमाल केन्द्रीय सदस्य पदमा

पदाधिकारीमा पोखरेल पक्षका गोकर्ण र योगेश मात्र विजयी

काठमाडौं । नेकपा एमालेको ११औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनको अन्तिम मतपरिणाम

एमाले महासचिवमा शंकर पोखरेल पुनः निर्वाचित

काठमाडौं । नेकपा एमालेको महासचिव पदमा शंकर पोखरेल विजयी भएका