१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

वीरगन्जमा थप दुई जना कोरोना संक्रमितको मृत्यु



वीरगन्ज । कोरोना संक्रमणबाट वीरगन्जमा थप दुईजनाको मृत्यु भएको छ ।

वीरगन्ज महानगरपालिका वडा नं. ४ विर्ता निवासी ८४ वर्षीय पुरुषको मंगलबार राति मृत्यु भएको हो ।

ती वृद्धको गत साउन २७ देखि नारायणी अस्थायी कोरोना अस्पताल गण्डकमा उपचार हुँदै आएको थियो ।

यसैगरी वीरगन्ज भिस्वाका ५७ वर्षीय पुरुषको मंगलबार दिउँसो मृत्यु भएको हो । नारायणी अस्पतालमा उपचार गराइरहेका ती पुरुषको जीन एक्स्पर्ट टेष्ट गर्दा कोरोना पोजेटिभ आएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ ।

यससँगै पर्सामा हालसम्म २३ जना व्यक्तिको कोरोना संक्रमणकै कारण मृत्यु भैसकेको छ ।
बुधबार बिहानै ललितपुरको पाटनमा समेत भक्तपुरकी एक महिलाको मृत्युभएको छ । देशभर मृत्यु हुनेको संख्या ११९ पुगेको छ ।

प्रकाशित मिति : ३ भाद्र २०७७, बुधबार  १२ : २५ बजे

एएचजेड यूके युनिभर्सिटी रिप्रेजेन्टेटिभको नयाँ शाखा बुटवलमा सञ्चालन

बुटवल । अध्ययनका लागि बेलायत जाने विद्यार्थीहरुलाई लक्षित गरि बुटवलमा

भीम रावलले गरे एमाले छोड्ने संकेत !

काठमाडौं । नेकपा एमालेका नेता एवं पूर्व उपप्रधानमन्त्री डा. भीम

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले विश्वासको मत पाएका

वर्ल्ड लिंकको इन्टरनेट ९ लाख घरधुरीमा पुग्यो

बुटवल । देशको सबैभन्दा ठूलो इन्टरनेट सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक

बुटवल ११ बुद्धनगर खानेपानी उपभोक्ता समिति र टोल विकास संस्था बीच जग्गा विवाद !

बुटवल । बुटवल उपमहानगरपालिका-११ बुद्धनगरमा जग्गा भोग चलनको विषयलाई लिएर