१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

देशभर थपिए ६८१ जना नयाँ संक्रमित, कोरोनाको मृत्युदर निरन्तर बढ्दै



काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर करोडौं मानिसलाई संक्रमित बनाइसकेको छ भने लाखौं मानिसको ज्यान गएको छ ।

नेपालमा गत चैतको पहिलो साता फ्रान्सबाट कतारहुँदै आएकी काठमाडौंकी एक युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

हाल कोरोना भाइरसको संक्रमणले नेपालमा पनि महामारीको रुपलिँदै दिनदिनै बढिरहेको छ । देशभर संक्रमितको संख्या निरन्तर बढिरहँदा भाइरसका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । नेपालमा प्रति दश लाखमा मृत्युदर ४ दशमलव १ प्रतिशत रहेको छ ।

बुधबार ६८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बुधबार ६८१ जना थपिएको जानकारी दिइएको हो ।

११ हजार ५२२ पीसीआर परीक्षण गर्दा यी संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म देशभर ५ लाख ५४ हजार ३८८ पीसीआर परीक्षण भैसकेको छ ।

काठमाडौं उपत्यकामा १५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित थपिएको डा. गौतमले बताए ।

देशभर बुधबार १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १७ हजार ७०० जना घर फर्किसकेका छन् । डिस्चार्ज हुनेको प्रतिशत ६१ दशमलव २ रहेको छ ।

क्वारेन्टिनमा रहनेहरुको संख्या बुधबार १३ हजार ५७१ रहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ४ : २६ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से