३ पुस २०८२, बिहिबार | December 18, 2025

देशभर थपिए ६८१ जना नयाँ संक्रमित, कोरोनाको मृत्युदर निरन्तर बढ्दै



काठमाडौं । सन् २०१९ को डिसेम्बर अन्तिम साता चीनको उहान शहरबाट फैलिएको कोरोना भाइरसले विश्वभर करोडौं मानिसलाई संक्रमित बनाइसकेको छ भने लाखौं मानिसको ज्यान गएको छ ।

नेपालमा गत चैतको पहिलो साता फ्रान्सबाट कतारहुँदै आएकी काठमाडौंकी एक युवतीमा कोरोना संक्रमण देखिएको थियो ।

हाल कोरोना भाइरसको संक्रमणले नेपालमा पनि महामारीको रुपलिँदै दिनदिनै बढिरहेको छ । देशभर संक्रमितको संख्या निरन्तर बढिरहँदा भाइरसका कारण मृत्यु हुनेको संख्या पनि बढ्दै गएको छ । नेपालमा प्रति दश लाखमा मृत्युदर ४ दशमलव १ प्रतिशत रहेको छ ।

बुधबार ६८१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आयोजना गर्ने नियमित पत्रकार सम्मेलनमा बुधबार ६८१ जना थपिएको जानकारी दिइएको हो ।

११ हजार ५२२ पीसीआर परीक्षण गर्दा यी संक्रमित थपिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले जानकारी दिए । हालसम्म देशभर ५ लाख ५४ हजार ३८८ पीसीआर परीक्षण भैसकेको छ ।

काठमाडौं उपत्यकामा १५९ जना संक्रमित थपिएका छन् । काठमाडौंमा १३४, ललितपुरमा १७ र भक्तपुरमा ८ जना संक्रमित थपिएको डा. गौतमले बताए ।

देशभर बुधबार १२० जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म १७ हजार ७०० जना घर फर्किसकेका छन् । डिस्चार्ज हुनेको प्रतिशत ६१ दशमलव २ रहेको छ ।

क्वारेन्टिनमा रहनेहरुको संख्या बुधबार १३ हजार ५७१ रहेको छ ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ४ : २६ बजे

मधेशका मुख्यमन्त्री यादवले शुक्रबार विश्वासको मत लिने, सभामुखको निर्वाचन पुस ६मा

धनुषा । मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले प्रदेशसभाबाट विश्वासको मत

बागमती प्रदेश सरकारद्वारा पाँच महिनामा १६ अर्ब ११ करोड राजस्व सङ्कलन

बागमती । चालु आर्थिक वर्षको पाँच महिनामा बागमती प्रदेश सरकारले

एमाले महाधिवेशन : मतगणना सुरु

काठमाडौं । नेकपा एमालेको नयाँ नेतृत्व चयनका लागि सम्पन्न निर्वाचनको

झुटो विवरण पेस गरी नागरिकता तथा राहदानी बनाएको अभियोगमा तीन जना पक्राउ

काठमाडौँ । प्रहरीले झुटो विवरण पेस गरी नागरिकता, राष्ट्रिय परिचयपत्र

रवि र छविको मुद्दामा आज पेसी

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र तत्कालिन