१६ आश्विन २०८३, शुक्रबार | October 2, 2026

निजी अस्पताल र मेडिकल कलेजले कोरोना संक्रमितका लागि बेड नछुट्याए पीसीआर टेस्ट अनुमति खारेज गरिने



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मेडिकल कलेजहरुले एक तिहाई बेड र निजी अस्पतालहरुले २० प्रतिशत बेड कोरोना भाइरसका संक्रमितको लागि छ्ट्याउनुपर्ने स्पष्ट पारेको छ ।

मन्त्रालयले निजी अस्पतालले २० प्रतिशत बेड र मेडिकल कलेज एवं प्रतिष्ठानका लागि अलग्गै ब्लक या भवनमा एक तिहाई बेड नछुट्याए पीसीआर टेष्स्ट अनुमति खारेज गर्ने निर्णय गरेको प्रवक्ता डा. जागेश्वर गौतमले प्रष्ट पारे ।

मन्त्रालयको इन्सिेडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले बेड छुट्याउने निजी अस्पताल, मेडिकल कलेज र प्रतिष्ठानलाई पीसीआर अनुमति यथावत राख्ने निर्णय पनि गरेको छ ।

प्रवक्ता गौतमले बेड छुट्याउनै पर्ने तर्क गर्दै भने सरकारी अस्पतालहरुमा कोरोना संक्रमित भरिएको अवस्थामा निजी अस्पताल या मेडिकल कलेजहरुले बिरामीको उपचार भन्न नसक्ने अवस्था आउने जिकिर गरे ।

प्रवक्ता गौतमले भने, ‘अबको कम्तिमा दुई वर्ष कोरोना बाहेक अन्य बिरामीको मात्र उपचार गर्छु भन्न सम्भव छैन । त्यतिबेला उनीहरुले आफ्नो अस्पताल या मेडिकल कलेजमा आउने बिरामीलाई उपचार गर्दिन भन्न सक्दैनन् ।’

कोरोना हव अस्तपालमा बिरामी भरिएपछि स्वतः निजी अस्पतालमा बिरामी पुग्ने भएका कारण अहिलेदेखि नै बेड छुट्याउन र त्यसका लागि मेनपावर तयार गर्नुपर्ने अवस्था निजी अस्पताल र मेडिकल कलेजहरुलाई आइपरेको गौतमले बताए ।

त्यतिबेला अस्पताल बन्द गर्छु भन्न निजी अस्पताल र मेडिकल कलेजका संचालकहरुले भन्न नसक्ने उनले जिकिर गरे ।

मन्त्रालयले यसअघि नै सूचना जारी गर्दै निजी अस्पतालहरुलाई कुल बेडको २० प्रतिशत र मेडिकल कलेजहरुलाई अलग्गै ब्लकमा एक तिहाई बेड छुट्याउन आग्रह गरेको थियो । त्यसका लागि कोरोना संक्रमितलाई उपचार गर्न प्रतिदिन प्रति बेड ३५ सय देखि १५ हजार रुपैयाँका दरले बजेट उपलब्ध गराउने पनि मन्त्रालयले निर्णय गरेको थियो ।

तर निजी अस्पतालहरुको छाता संगठन एशोसिएसन आफ प्राइभेट हेल्थ इन्स्टिच्युट आफ नेपाल (अफिन) र नेपाल चिकित्सक संघले समेत सरकारको निर्णय अव्यवहारिक भएको भन्दै सच्चाउन आग्रह गरेका थिए ।

उनीहरुले कोरोना संक्रमित र अन्य बिरामीहरुलाई एउटै अस्पतालमा उपचार गराउँदा भयावह अवस्था आउने दाबी गरेका छन् ।

प्रकाशित मिति : ३ भदौ २०७७, बुधबार  ५ : १४ बजे

पार्टीलाई बलियो बनाए अहिलेको धक्काबाट माथि उठ्न सकिन्छ : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबद्ध

भारतले धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँध पुनः खोल्दै

बैतडी । भारतको उत्तराखण्ड प्रदेशको पिढौरागढस्थित धौलीगङ्गा जलविद्युत् परियोजनाको बाँधका

संसद्लाई सरकारको प्रतिरक्षा र आलोचना गर्ने थलोमात्र बनाउन हुँदैन : क्रान्तिशिखा धिताल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सचेतक क्रान्तिशिखा धितालले संसद्लाई सरकारको

राष्ट्रपतिसँग सभामुखको भेट

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग सभामुख डोलप्रसाद ९डिपी० अर्यालले आज

कांग्रेसले महाधिवेशनमा तामझाम नगर्ने, सहरमा पर्चा नटाँस्ने

काठमाडौं । नेपाली कांग्रेसले १५औं महाधिवेशन प्रचारप्रसारमा तामझाम नगर्ने बताएको