१६ बैशाख २०८१, आइतबार | April 28, 2024

बिहीबार ७०७ नयाँ संक्रमित थपिए, काठमाडौंमा मात्रै २०० जना



काठमाडौं । बिहीबार कोरोना भाइरसका ७०७ जना नयाँ सक्रमित थपिएका छन् ।

११ हजार ८ सय ३२ नमुना पीसीआर परीक्षण गर्दा ७०७ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

जसमध्ये १९२ जना महिला र ५१५ जना पुरुष रहेका छन् । यससँगै देशभर हालसम्मका संक्रमितको संख्या २९ हजार ६४५ पुगेको छ ।

काठमाडौं उपत्यकामा २०० जना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंमा मात्रै १७४ जना संक्रमित पुष्टि भएको छ ।

ललितपुरमा १८ जना र भक्तपुरमा ८ जनामा संक्रमण देखिएको मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले बताए ।

देशभर २६३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म डिस्चार्ज हुनेको संख्या १७ हजार ९ ६४ रहेको छ ।

आइसीयूमा १२९ जना रहेका छन् । भेन्टिलेटरमा ७ जना रहेका छन् ।

प्रकाशित मिति : ४ भाद्र २०७७, बिहिबार  ४ : २६ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको