२० मंसिर २०८२, शनिबार | December 6, 2025

बाँकेमा ८२१ मा संक्रमण पुष्टि हुँदा ६१४ कोरोना मुक्त भएर घर फर्के



नेपालगन्ज । बाँकेमा कोरोना मुक्त भएर घर फर्कनेहरुको संख्या आज पनि थपिएको छ । जिल्लाका बिभिन्न आइसोलुन केन्द्रमा बसेर उपचार गराईरहेका ४६ जना संक्रमतिहरु आज कोरोना मुक्त भएर घर फर्केका छन् ।

स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्शन नरेश श्रेष्ठका अनुसार वडा प्रहरी कार्यालय नेपालगन्जका ३३ जना प्रहरी सहित ४६ जना आज कोरोना मुक्त भएर घर फर्केका छन् । ३३ प्रहरी वडा प्रहरी कार्यालयकै आइसोलेसनमा बसेका थिए । आज घर फर्कनेहरुमा खुल्ला कारागार आइसोलेसनबाट ३ जना, लायन्स डेन्टल अस्पताल आइसोलेसनबाट १ जना, आदर्श नगर आइसोलेसनबाट १ जना, ईन्द्रेणी होटलबाट १ जना, होटल सिटि प्लाजाबाट ४ जना, चिसापानी आइसोलेसनबाट १ जना, क्यान्सर अस्पताल खजुराबाट १ जना र भेरी अस्पतालबाट १ जना रहेका छन् ।

बाँकेमा ८२१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ६१४ जना कोरो मुक्त भएर घर फर्केका छन् । आइसेलेसमा अन्य जिल्लाका ४ जना सहित २०३ जनाको उपचार जारी छ भने बाँकेमा ४ जनाको कोरोना संत्रमणबाट मृत्यु भएको छ ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ९ : ४४ बजे

निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छ : कार्यबाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौं । निर्वाचन आयोग नेपालका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले

तिला जलविद्युत्को बिजुली उत्पादन गर्न सात अर्ब लाग्ने

जुम्ला । जुम्लाको तिला गाउँपालिका र कालिकोटको तिलागुफा नगरपालिकाको सिमानामा

निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गतेका लागि तय