१० जेष्ठ २०८२, शनिबार | May 24, 2025

रुपन्देहीमा भाद्र १४ गते सम्मका लागि निषेधाज्ञा, तोकिएकालाई बाहेक सर्वसाधारणलाई हिँडडुल गर्न समेत निषेध



बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भाद्र १४ गते सम्मका लागि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलले आदेश जारी गर्दै भाद्र ७ गते राती १२ बजेबाट भाद्र १४ गते राती १२ बजे सम्म तोकिएका अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु सञ्चालन गर्न निषेध गरेको उल्लेख गरिएको छ ।

जारी आदेशमा संक्रामक ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार आदेशको पालना नगर्ने जो कोहीलाई कारवाहि गरिने चेतावनी दिईएको छ । औषधी, खाद्य वस्तु र अत्यावश्यक काम बाहेक बाहिर निस्कन निषेध गर्दै सुचनामा दैनीक संचालन गर्ने पर्ने सरकारी तथा संस्थागत कार्यालयका परिचयपत्र बाहक कर्मचारीहरु बाहेक अन्य सर्वसाधारणलाई हिंडडुल गर्न समेत निषेध गरिएको उल्लेख गरिएको छ ।

आज मध्यान्ह प्रदेश ५ आन्तरिक मामीला तथा कानुन मन्त्रालयमा बसेको जिल्ला कोभिड( क्राईसिस मेनेजमेण्ट सेण्टरको बैठकले १ साता लकडाउन गर्न गरेको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी पन्थले निषेधाज्ञा जारी गरेका हुन् ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ७ : २५ बजे

रमेश लेखकलाई गृहमन्त्रीबाट राजीनामा दिन शेखर कोइरालाको सुझाव

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले गृहमन्त्री रमेश

नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द

काठमाडौँ । सङ्घीय राजधानीको प्रदेशविन्दु नागढुङ्गा­–नौबिसे सडक आजदेखि हरेक दिन

छुवाछूतका घटनाबाट १४ वर्षमा १७ जनाको ज्यान गयो

काठमाडौँ । जातीय भेदभाव तथा छुवाछूत ९कसुर र सजाय ऐन,

बन्द हुने अवस्थामा पुगेको बालमन्दिर माविको फड्को

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–८ कालीपुलस्थित बालमन्दिर माध्यमिक विद्यालयले पछिल्लो

पहिरोले कालीगण्डकी कोरिडोर अवरुद्ध

बागलुङ । अविरल वर्षाका पहिरो खस्दा राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी