१० भदौ २०८३, बुधबार | August 26, 2026

रुपन्देहीमा भाद्र १४ गते सम्मका लागि निषेधाज्ञा, तोकिएकालाई बाहेक सर्वसाधारणलाई हिँडडुल गर्न समेत निषेध



बुटवल । जिल्ला प्रशासन कार्यालय रुपन्देहीले भाद्र १४ गते सम्मका लागि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । रुपन्देहीका प्रमुख जिल्ला अधिकारी माहादेव पन्थलले आदेश जारी गर्दै भाद्र ७ गते राती १२ बजेबाट भाद्र १४ गते राती १२ बजे सम्म तोकिएका अत्यावश्यक सेवा बाहेकका सबै सेवाहरु सञ्चालन गर्न निषेध गरेको उल्लेख गरिएको छ ।

जारी आदेशमा संक्रामक ऐन २०२० र स्थानीय प्रशासन ऐन २०२८ अनुसार आदेशको पालना नगर्ने जो कोहीलाई कारवाहि गरिने चेतावनी दिईएको छ । औषधी, खाद्य वस्तु र अत्यावश्यक काम बाहेक बाहिर निस्कन निषेध गर्दै सुचनामा दैनीक संचालन गर्ने पर्ने सरकारी तथा संस्थागत कार्यालयका परिचयपत्र बाहक कर्मचारीहरु बाहेक अन्य सर्वसाधारणलाई हिंडडुल गर्न समेत निषेध गरिएको उल्लेख गरिएको छ ।

आज मध्यान्ह प्रदेश ५ आन्तरिक मामीला तथा कानुन मन्त्रालयमा बसेको जिल्ला कोभिड( क्राईसिस मेनेजमेण्ट सेण्टरको बैठकले १ साता लकडाउन गर्न गरेको सिफारिसका आधारमा प्रमुख जिल्ला अधिकारी पन्थले निषेधाज्ञा जारी गरेका हुन् ।

प्रकाशित मिति : ७ भदौ २०७७, आइतबार  ७ : २५ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट