१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

चन्द्रागिरि नगरपालिकामा कोरोना सक्रमितको संख्या ६० पुग्यो



काठमाडौं । यहाँको चन्द्रागिरि नगरपालिकामा कोरोना सङ्क्रमितको संख्या ६० पुगेको छ ।

काठमाडौं उपत्यका प्रवेशद्धारको मुख्य नाका रहेको चन्द्रागिरिमा हालसम्म कोरोना सङ्क्रमितको संख्या ६० पुगेको हो । नगरपालिकाका प्रवक्ता हरिभक्त महर्जनले चन्द्रागिरिभित्र हालसम्म कोरोना सङ्क्रमितको सो संख्या पुगेको जानकारी दिए ।

‘कोरोना सङ्क्रमित ६० मध्ये २५ जना निको भएर घर फर्किसकेका छन् भने बाँकी ३५ जनाको मनमोहन अस्पताल दहचोक, शशस्त्र प्रहरी अस्पताल बलम्बु र टेकुमा उपचार भइरहेको छ’, प्रवक्ता महर्जननले भने । सङ्क्रमितमध्ये १० जनाले भने होम आइसोलेशनमा उपचार गराइरहेका छन् ।

कोरोना सङ्क्रमितको संख्या बढेसँगै नपाले श्रीकृष्ण माध्यमिक विद्यालय दहचोक र चुनदेवी मावि थानकोटमा आइसोलेसन सेन्टर स्थापना गर्न लागेको छ । उक्त दुई स्थानको आइसोलेसनको क्षमता भने ७० शै्ययाको रहने नगरपालिकाले जनाएको छ । रासस

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ५ : ५७ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार