२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

विराटनगरमा ६५ वर्षीय कोरोना संक्रमितको मृत्यु



विराटनगर । विराटनगर महानगरपालिकामा फेरि अर्का एक कोरोना संक्रमितको मृत्यु भएको छ । विराटनगर ८ का ६५ वर्षीय पुरुषको आइतबार राति मृत्यु भएको हो ।

मृतकको गत बिहीबार स्वाब संकलन गरिएको थियो । तर, हिजो आइतबार रिपोर्ट पोजेटिभ आएको थियो । कोरोना संक्रमण पुष्टि भएलगत्तै उनलाई कोशी अस्पतालको कोभिड १९ उपचार केन्द्रमा भर्ना गरिएको थियो । तर राति ११ बजे मृत्यु भएको हो ।

श्वासप्रश्वासमा गम्भीर समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

मृतक पुरुष संक्रमितको कन्ट्याक ट्रेसिङमा परेका व्यक्ति हुन् । मृतकको परिवारमा थप तीन जना संक्रमित रहेका छन् ।

अहिले शव व्यवस्थापनको तयारी भैरहेको महानगरले जनाएको छ ।

योसँगै महानगरमा मात्रै कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १० पुगेको छ ।

विराटनगर महानगरमा मात्रै हालसम्ममा संक्रमितको संख्या ८ सय १३ पुगेको छ । जसमा १ सय ६७ जना निको भएर घर फर्किसकेका छन् ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  ८ : १५ बजे

अध्यक्ष ओलीका पिताको अन्त्येष्टि

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा

रास्वपा सभापति लामिछानेद्वारा श्रद्धाञ्जलि

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेपाल कम्युनिष्ट

भीरबाट लडेर घाइते निर्वाचन प्रहरीको मृत्यु

दार्चुला । दार्चुलामा निर्वाचन सकेर घर फर्किने क्रममा भीरबाट लडेर

पूर्वप्रधानमन्त्री ओलीलाई परेको पितृशोकप्रति सभापति थापाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेकपा (एमाले) का

वर्षासँगै घट्यो वायु प्रदूषण

काठमाडौं । केही दिनयता काठमाडौं उपत्यकालगायत मुख्य सहरमा वायु प्रदूषण