१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

आयल निगम अमलेखगन्ज डिपोका ९ कर्मचारीसहित ५३ जनामा कोरोना संक्रमण पुष्टि



वीरगन्ज । नेपाल आयल निगम अमलेखगन्ज डिपो र वीरगन्ज भन्सार कार्यालयका कर्मचारीसहित ५३ जनामा कोरोना पुष्टि भएको छ ।

नारायणी अस्पतालको प्रयोगशालामा आइतबार राति पीसीआर परीक्षणमा सात महिलासहित ५३ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ ।

आइतबार राति ३ सय ५ जनाको स्वाब परक्षिण गर्दा आयल निगमका ९ कर्मचारी र वीरगन्ज भन्सारका एक जना कर्मचारीसहित पर्सा र बाराका बासिन्दामा कोरोना संक्रमण पुष्टि भएको हो ।

जसमध्ये सात जना महिला र ४६ जना पुरुष रहेका छन् । दुई वर्षदेखि ७२ वर्ष उमेर समुहका लाई कोरोना पुष्टि भएको अस्पताल स्रोतले बताएको छ । संक्रमितमधये १९ जना बारा रहेका छन् ।

अमलेखगन्जमा कन्ट्याक्ट ट्रेसिङको क्रममा ८१ जनाको स्वाब संकलन गरिएको थियो । जसमध्ये १६ जनामा संक्रमण पुष्टि भएको छ । सोही १६ जनामध्ये ९ जना आयल निगमका कर्मचारीहरु हुन । बाँकी ट्याकर चालक र स्थानीय बासिन्दा समेत छन् ।

यस्तै, वीरगन्ज महानगरपालिका भिस्वाका १५ जनामा संक्रमण पुष्टि भएको छ भने पर्साको पर्सागढीका १४ जनामा संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : ८ भदौ २०७७, सोमबार  १ : ३९ बजे

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत

नारायणगढ–मुग्लिन सडक : पहिरा पन्छाउन सकस

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै खहरे खोलामा खसेको पहिरा

आज सुनचाँदीकोे मूल्यमा ओरालो

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ ।

मनसुन सक्रिय रहँदा किसानलाई रोपाइँ गर्न सहज

भद्रपुर । झापामा यस यस वर्षको धान रोपाइँ अन्तिम चरणमा

चिकित्सकमाथि आक्रमणको विरोधमा देशभर ओपीडी सेवा ठप्प, बिरामी मर्कामा

काठमाडौं। नेपाल चिकित्सक संघको आह्वानमा चिकित्सकमाथि भएको आक्रमणको विरोधस्वरूप मंगलबार