१७ बैशाख २०८१, सोमबार | April 29, 2024

टिकटकले हाल्यो अमेरिकी राष्ट्रपति ट्रम्प बिरुद्ध मुद्दा



काठमाडौं । चिनिया लगानीको भिडियो एप टिकटकले टिकटक माथि झुठा आरोप लगाएको भन्दै ट्रम्प प्रशासनविरुद्ध मुद्दा दायर गरेको छ।

राष्ट्रिय सुरक्षामा खलल पुगेको भन्दै अमेरिकाले टिकटकलाई प्रतिवन्ध लगाउने प्रकृया अगाडि बढाएसँगै चिनियाँ लगानीमा संचालित एपले मुद्दा ट्रम्प प्रशासन बिरुद्ध मुद्दा दायर गरेको हो।

अमेरिकाले राष्ट्रिय सुरक्षामा असर पुगेको भन्दै आरोप लगाएको बिषयको खण्डन गर्दै टिकटकले राष्ट्रिय सुरक्षामा कुनै असर नपारेको चीनको बाइट डान्स कम्पनीले संचालन गरेको टिकटकले दावी गरेको छ । कम्पनीले अमेरिकाको आसन्न निर्वाचनमा चीनविरोधी जनमत प्राप्त गर्न प्रतिबन्ध लगाउन खोजेको जिकिर गरेको छ ।

ट्रम्प प्रशासनका बिरुद्ध टिकटकले क्यालिफोर्नियाको फेडरल कोर्टमा सोमवार दायर गरेको समाचार एजेन्सीहरुले पुष्टि गरेका छन् । कम्पनीले दायर गरेको मुद्दामा अमेरिकी सरकारले विना कुनै प्रमाण निषेधको तयारी गरिरहेको उल्लेख गरिएको छ । अमेरिकाको बाणिज्य विभाग, राष्ट्रपति ट्रम्प र वाणिज्य सचिव विवर रसविरुद्ध मुद्दा दायर भएको हो।

ट्रम्पले दुई फरक फरक मितिमा आदेश जारी गर्दै अगस्ट ६ मा बाइट डान्सको कारोबारमा निषेध र सेप्टेम्बर २० मा बाइट डान्स अमेरिकी कम्पनीलाई बिक्री गरेर ९० दिनभित्र टिकटकका एसेट्सहरु हस्तान्तरण गर्न भनेका थिए।

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  १० : २१ बजे

तिब्बतसँगको व्यापारिक सम्बन्ध नयाँ उचाइमा पुग्ने मन्त्री भण्डारीको विश्वास

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले नेपाल र

चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन सहजीकरणका लागि समझदारी

काठमाडौं । चिनियाँ कम्पनीबाट लगानी भित्र्याउन नेपालको निजी क्षेत्रले सहजीकरण

न्याय सम्पादन गर्दा मातृभाषाको प्रयोग हुनुपर्छ : प्रदेशमन्त्री श्रेष्ठ

सिन्धुपाल्चोक । बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री

इलाम उपनिर्वाचन : माङ्सेबुङ–५ मा स्वतन्त्रले १०३२ मत पाउँदा ठूला दलको ६९ कटेन

इलाम । प्रतिनिधिसभा सदस्यका लागि इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना

४०० रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं। सोमबार नेपाली बजारमा सुनको मूल्य ४०० रुपैयाँले घटेको छ।