२९ फाल्गुन २०८२, शुक्रबार | March 13, 2026

प्रत्येक प्रदेशका २/२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड थपिदै; दुई दुई करोड रुपैयाँ निकासा



काठमाडौं । सरकारले प्रत्येक प्रदेशका २/२ जिल्लामा ४ भेन्टिलेटर र १० आइसीयू बेड निर्माण गर्नका लागि बजेट निकासा गरेको छ ।

प्रतिनिधिसभा शिक्षा तथा स्वास्थ्य समितिको मंगलबारको भर्चुअल बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ रोशन पोखरेलले भेन्टिलेटर र आईसीयू बेड निर्माण गर्न दुई दुई करोड पठाइसकेको जानकारी गराएका छन् ।

पोखरेलले ती अस्पतालमा भेन्टिलेटर र आइसीयू बेड संचालन गर्ने चिकित्सक पनि पठाउने तयारी रहेको जानकारी दिए ।

यसैगरी पोखरेलले कोरोना संक्रमणको जोखिम बढी भएका जिल्लामा एमडी र एमएस पास गरेका चिकित्सक खटाइएको पनि बताएका छन् । पोखरेलले भने, ‘सरकारले प्रदेश २ मा मात्रै २३ जना स्वास्थ्यकर्मी पठाउन लागिएको छ ।’ उनले भने, ‘११ जना नारायणी उपक्षेत्रीय अस्पताल गइसकेका छन् । गौर अस्पताल र जनपुरमा पनि आजभोलिमा जानुहुन्छ ।’

बैठकमा काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङको कामलाई स्थानीय तहको समन्वयमा अगाडि बढाउन लागिएको पनि पोखरेलले बताए । उनले एक साताभित्र काठमाडौं उपत्यकामा कन्ट्याक्ट ट्रेसिङमार्फत् ४० देखि ५० हजार स्वाब परीक्षणको तयारी भैरहेको जानकारी दिए ।

उपत्यका प्रवेश नाकामा कडाइ गर्दै कन्ट्याक्ट ट्रेसिङको कामलाई मन्त्रालयले तीव्रता दिइरहेको पनि उनले जनाएका छन् । यस्तै, उपत्यकामै ६ हजार आइसोलेसन बेड बनाउने तयारी भइरहेको पनि उनले बताए ।

पोखरेलले कोरोना संक्रमितको कन्ट्याक्ट ट्रेसिङमा देशभर १ हजार ७५ टिम खटिएको समेत जानकारी दिए ।

उनले घरमा छुट्टै बस्न सक्ने संक्रमितलाई स्थानीय तहको स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलनमा र घरमा बस्न नसक्नेलाई सरकारले आइसोलेसनमा राख्ने बताए ।

बैठकमा सांसदहरुले काठमाडौं उपत्यकाभित्र कोरोना संक्रमितलाई होम आइसोलेसनमा राख्न नहुने बताएका थिए ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ३ : ४८ बजे

एलपी ग्यास संकटबारे सरकारसँग सर्वोच्चले माग्यो लिखित जवाफ

काठमाडौं । राजधानीमा पछिल्ला दिनहरूमा देखिएको खाना पकाउने एलपी ग्यासको

इरानी नाविकका शव श्रीलङ्काबाट फिर्ता

कोलम्बो । श्रीलङ्काले आफ्नो तट नजिक अमेरिकी पनडुब्बीको आक्रमणमा मारिएका

‘पश्चिम एशियामा द्वन्द्व बढ्दै गएमा नेपाली चुलाचौकोमा नकारात्मक प्रभाव पर्नसक्ने’

काठमाडौं । नेपालमा भित्रने विप्रेषण (रेमिट्यान्स) र इन्धनको प्रमुख स्रोतका

ग्यास, पेट्रोलियमको आपूर्ति सुनिश्चित गर्न मानवअधिकार आयोगद्वारा सरकारलाई निर्देशन

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले पेट्रोलियम पदार्थको वितरण सहज

आजबाट आधा मूल्यमा आधा सिलिण्डर ग्यास वितरण सूरु

काठमाडौँ । नेपाल आयल निगमले आजबाट आधा सिलिन्डर (आधा ग्यास)