१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

काठमाडौं उपत्यकामा भदौ १७ सम्म निषेधाज्ञा थप गर्न सिफारिस



काठमाडौं । काठमाडौं उपत्यकामा थप एक साता निषेधाज्ञा लम्ब्याउन सिफारिस गरिएको छ ।

मंगलबार दिउँसो तीनै जिल्लाका जिल्ला संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को संयुक्त बैठकले बैठकले जारी निषेधाज्ञा एक साता थप गरी भदौ १७ गते मध्यरातिसम्म लम्ब्याउन सिफारिस गरेको हो ।

काठमाडौंको निषेधाज्ञा बुधबार १० गते रातिबाट सकिँदैछ । सीडीओहरूको बैठकले निषेधाज्ञाबारे निर्णय गर्नेछ ।

यद्यपी, केन्द्रीय राजधानीसमेत भएका कारण सरकारको आदेशको प्रतिक्षामा सीडीओहरू रहेका छन् । गृह मन्त्रलाय र प्रधानमन्त्री कार्यालयबाट आवश्यक सुझाव लिएर प्रशासन कार्यालयहरुले निर्णय गर्ने तयारी गरेका छन् ।

छलफलमा एक साताभित्र थप आइसोलेसन सेन्टर बनाउन सकिने कुरा मेयरहरूले बताएका थिए । अब थपिने निषेधाज्ञालाई थप कडा बनाउने विषयमा समेत छलफल भएको छ ।

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ६ : ३६ बजे

लैङ्गिक हिंसासम्बन्धी उजुरीमा अन्तरमन्त्रालय समन्वय

काठमाडौं । लैङ्गिक हिंसा, जातीय विभेद, छुवाछूत तथा सामाजिक बहिष्करणसम्बन्धी

लायन्स क्लब अफ बुटवल सयपत्रीद्वारा वृक्षरोपण

बुटवल । लायन्स क्लब अफ बुटवल सयपत्रीले सामाजिक उत्तरदायित्वका अभियान

झापामा घरेलु तथा साना उद्योगबाट दुई करोड ४१ लाख राजस्व सङ्कलन

भद्रपुर । घरेलु तथा साना उद्योग कार्यालय झापाले गत आर्थिक

प्रतिबन्ध लगाइएका वस्तुको बिक्रीवितरण नगर्न विभागको आग्रह

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले प्रतिबन्ध लगाइएका

कास्कीमा पहिरोबाट पाँच परिवार प्रभावित

गण्डकी । कास्कीको अन्नपूर्ण गाउँपालिका-१० चानेमा गएको पहिरोका कारण पाँच