६ बैशाख २०८१, बिहिबार | April 18, 2024

जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द



खोटाङ । उपचार सम्भवन नभएपछि रेफर गरिएका विरामीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ ।

यहि भदौ ४ गते रेफर गरेर काठमाडौंस्थित पाटन अस्पताल पुर्‍याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमासमेत संक्रमण फैलिएको आशङ्कामा उनीहरुको पिसिआर रिपोर्ट नआएसम्मका लागि आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको हो ।

विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारीसहित ५६ जनाको नमूना सङ्कलन गरेर पिसिआर परीक्षण गर्न पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रवीनकुमार फुयाँलले बताए । “स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका छ जना प्रहरीको पनि स्वाब परीक्षण गर्न विराटनगर पठाइएको छ”, उनले भने, “स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सञ्चालन गरिनेछ ।”

ज्वरोको समस्यले विरामी परेकी किशोरी भदौ २ गते उपचारका भर्ना भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए । “उनी विदेशबाट आएको पनि होइन, विदेशबाट आउने व्यक्तिसँग सम्पर्क भएका व्यक्ति पनि होइन भनिएको छ”, उनले भने, “यही आधारमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि काठमाडौं रेफर गरिएको थियो ।”

किशोरीसँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई संक्रमण भएको पुष्टि भएको छ । हालसम्म जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना, ऐसेलुखर्क, बराहपोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक÷एक जना र विराटनगरबाट सरुवा भएर आएका छ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पठाइएका ८५ जनामध्ये ८३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परीक्षणमा पठाइएकामध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको नगरस्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए ।

यसैबीच, विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रहरीले ‘तपाईको मास्क खोइ ?’ अभियानलाई कडाइका साथ लागू गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा प्रहरीले मास्क नलगाइ हिँडडुल गर्नेलाई अनिवार्य एक घण्टा सडकमै उभ्याउनुका साथै रु १ सय जरिवाना गराउँदै आएको छ । रासस

प्रकाशित मिति : ९ भाद्र २०७७, मंगलबार  ९ : ११ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी