२५ श्रावण २०८३, सोमबार | August 10, 2026

जिल्ला अस्पताल खोटाङमा आकस्मिक बाहेक सबै सेवा बन्द



खोटाङ । उपचार सम्भवन नभएपछि रेफर गरिएका विरामीलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल खोटाङमा आजदेखि आकस्मिक तथा प्रसूति बाहेकका सबै सेवा बन्द गरिएको छ ।

यहि भदौ ४ गते रेफर गरेर काठमाडौंस्थित पाटन अस्पताल पुर्‍याएकी एक किशोरीलाई सोमबार कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि उनीसँग सम्पर्कमा आएका जिल्ला अस्पतालका स्वास्थ्यकर्मी र कर्मचारीमासमेत संक्रमण फैलिएको आशङ्कामा उनीहरुको पिसिआर रिपोर्ट नआएसम्मका लागि आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको हो ।

विरामीको उपचारमा संलग्न स्वास्थ्यकर्मी, कर्मचारीसहित ५६ जनाको नमूना सङ्कलन गरेर पिसिआर परीक्षण गर्न पठाइएकाले अर्को सूचना जारी नभएसम्मका लागि अस्पतालको आकस्मिक तथा प्रसूति बाहेकका सेवा बन्द गरिएको जिल्ला अस्पताल खोटाङका प्रमुख रवीनकुमार फुयाँलले बताए । “स्वास्थ्यकर्मी र कर्मचारीसँगै हाल आइसोलेसनमा बसिरहेका छ जना प्रहरीको पनि स्वाब परीक्षण गर्न विराटनगर पठाइएको छ”, उनले भने, “स्वास्थ्यकर्मी र कर्मचारीको पिसिआर रिपोर्ट आएपछि सोही आधारमा अस्पतालको सेवा सञ्चालन गरिनेछ ।”

ज्वरोको समस्यले विरामी परेकी किशोरी भदौ २ गते उपचारका भर्ना भएको जिल्ला अस्पताल खोटाङका मेडिकल अधिकृत डा शैलेस श्रेष्ठले बताए । “उनी विदेशबाट आएको पनि होइन, विदेशबाट आउने व्यक्तिसँग सम्पर्क भएका व्यक्ति पनि होइन भनिएको छ”, उनले भने, “यही आधारमा अस्पतालमा भर्ना गरेर उपचार गर्दा पनि सुधार नभएपछि काठमाडौं रेफर गरिएको थियो ।”

किशोरीसँगै जिल्लाबाट पिसिआर परीक्षणमा पठाइएकामध्ये २० जनालाई संक्रमण भएको पुष्टि भएको छ । हालसम्म जिल्लाको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका छ जना, हलेसी तुवाचुङ नगरपालिकाका चार जना, ऐसेलुखर्क, बराहपोखरी र दिप्रुङ चुइचुम्मा गाउँपालिकाका एक÷एक जना र विराटनगरबाट सरुवा भएर आएका छ जना प्रहरीलाई संक्रमण पुष्टि भएको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाबाट पठाइएका ८५ जनामध्ये ८३ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । पिसिआर परीक्षणमा पठाइएकामध्ये दुई जनाको रिपोर्ट आउन बाँकी रहेको नगरस्वास्थ्य शाखा प्रमुख तीर्थराज आचार्यले बताए ।

यसैबीच, विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न प्रहरीले ‘तपाईको मास्क खोइ ?’ अभियानलाई कडाइका साथ लागू गरेको छ । दश स्थानीय तह रहेको जिल्लामा प्रहरीले मास्क नलगाइ हिँडडुल गर्नेलाई अनिवार्य एक घण्टा सडकमै उभ्याउनुका साथै रु १ सय जरिवाना गराउँदै आएको छ । रासस

प्रकाशित मिति : ९ भदौ २०७७, मंगलबार  ९ : ११ बजे

प्रतिपक्षले भन्यो – कालो चस्मा खोल्नुस्, प्रधानमन्त्रीज्यू, तपाईं एक्लो हुनुहुन्न

काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका काउचाले प्रधानमन्त्री वालेन्द्र शाह

समावेशी सञ्चारका लागि मातृभाषा पत्रकारितामा अन्तरराष्ट्रिय बहस

काठमाडौँ । ‘समृद्धिको आधार, पूर्ण समावेशी सञ्चार’ नाराका साथ तेस्रो

प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास व्यवसायी आक्रोशित

नेपालगन्ज । स्थानीय प्रशासनले अनावश्यक धरपकड गरेको भन्दै बाँकेका ग्यास

प्रधानमन्त्री बालेन्द्रको कूटनीतिक ‘यू-टर्न’, भारतीय राजदूतसँग पहिलो एकल भेट

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले नेपालका लागि भारतीय राजदूत नवीन

अर्थमन्त्री वाग्लेले बहुराष्ट्रिय २० ठूला करदाता कम्पनीका प्रतिनिधिसँग छलफल गर्दै

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज नेपालमा लगानी गरेका