२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्युठानमा एकै दिन थपिए १४ संक्रमित



खलङ्गा । प्युठानमा एकै दिन १४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको नौबहिनी गाउँपालिका र ऐरावती गाउँपालिकाका थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

प्रदेश जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परिक्षणमा नौबहिनी गाउँपालिकाका एक महिलासहित ५ जना र ऐरावती गाउँपालिकाका ९ पुरुष गरी १४ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय प्युठानले जनाएको छ ।

नयाँ थप भएका संक्रमितहरु क्वारेन्टाइनमै बसेका र उनिहरु २ देखी ६१ बर्ष उमेर समुहका रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।

प्युठानमा मंगलबार दिउँसो पनि ४ जना नयाँ संक्रमित थपिएका थिए ।

पछिल्लो रिपोर्ट सँगै जिल्लामा कोरोना संक्रमित हुनेको संख्या ४ सय ३५ पुगेको छ । प्युठानमा १ जनाको मृत्यु भइ सकेको छ भने ३ सय ७४ जना कोरोना मुक्त भइ घर फर्केका छन् ।

स्वास्थ्य कार्यालयका अनुसार स्वाव संकलन गरिएका १ सय ८८ जनाको पिसिआर नतिजा आउन बाँकी रहेको छ ।

प्रकाशित मिति : १० भदौ २०७७, बुधबार  ९ : ५८ बजे

एमाले महाधिवेशनमा ओली र पोखरेर प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको

आठौं खजुरा अन्तर विद्यालय मेयर रनिङ शिल्डको उपाधि ज्ञानोदयलाई

खजुरा । बाँकेको खजुरामा आज सम्पन्न आठौं अन्तर विद्यालय मेयर