२ जेष्ठ २०८२, शुक्रबार | May 16, 2025

गजेन्द्रनारायणसिंह अस्पताललाई प्रदेश २ सरकारद्वारा १ हजार ५ सय भीटीएम प्रदान



सप्तरी । कोरोना भाइरसको परीक्षणलाई तिब्र बनाउन आवश्यक भीटीएम (स्वाब राख्ने भाडो) को अभाव भई समस्या भइरहेका बेला प्रदेश २ सरकारले थप १ हजार ५ सय भीटीएम उपलब्ध गराएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार प्रदेश २ सरकारको प्रादेशिक स्वास्थ्य आपूर्ती, व्यवस्थापन केन्द्रमार्फत शुक्रबार गजेन्द्र नारायण सिंह अस्पतालको पीसीआर प्रयोगशालाका लागि १ सय ५ सय थान भीटीएम प्राप्त भएको हो ।

जिल्लामा कोरोना परीक्षणको दायरा बढाउँदै लगेपछि केही दिनयता दैनिक २ सय देखी ३ सयसम्म आसंकितहरुको स्वाब संकलन गरि पीसीआर परीक्षण थालिएपछि भीटीएमको अभाव हुन गएको थियो ।

पछिल्लो पटक १ सय २० थान मात्र भीटीएम स्टक रहँदा कोरोना परीक्षण सुस्त बनेको थियो । सप्तरीहालसम्म १३ हजार ३ सय ७२ जनाको स्वाब संकलन गरि परीक्षण गरिसकिएको छ ।

जिल्लामा दैनिक कोरोना संक्रमित थपिदै गई संक्रमितको सम्पर्कमा आएका तथा स्वेच्छाले पीसीआर गराउनेको संख्या समेत बढ्दै गएकाले प्रदेश सरकारसँग थप भीटीएम माँग गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सप्तरीमा हालसम्म ५ जनाको कोरोनाबाट ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ७ सय ७९ पुगेको छ । यस्तै आइसोलेशनमा रहेका संक्रमितको संख्या २ सय ३५ रहेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या ५ सय ४४ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : ४५ बजे

प्रधानमन्त्री ओलीद्वारा सगरमाथा संवादका अतिथिको सम्मानमा रात्रिभोज

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आजदेखि सुरू भएको सगरमाथा

जनताका आवाज सरकारसमक्ष पुर्याउँछौँ : अध्यक्ष प्रचण्ड

डडेल्धुरा । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल

पूर्व खेलाडीहरुको संगठनलाई देशब्यापी विस्तार गरिने

नेपालगन्ज । नेपालगन्जमा गठन भएको पूर्व खेलाडी समाज बाँकेले देशभरका

हावाहुरीका कारण उडान प्रभावित, आठ विमान ‘डाइभर्ट’

काठमाडौँ । हावाहुरीका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको आन्तरिक उडान पूर्ण

गभर्नर नियुक्तिमा ढिलाइ हुँदा आर्थिक क्षेत्रमा नकारात्मक असर पर्छ : अध्यक्ष प्रचण्ड

बैतडी । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’