२१ भदौ २०८३, आइतबार | September 6, 2026

गजेन्द्रनारायणसिंह अस्पताललाई प्रदेश २ सरकारद्वारा १ हजार ५ सय भीटीएम प्रदान



सप्तरी । कोरोना भाइरसको परीक्षणलाई तिब्र बनाउन आवश्यक भीटीएम (स्वाब राख्ने भाडो) को अभाव भई समस्या भइरहेका बेला प्रदेश २ सरकारले थप १ हजार ५ सय भीटीएम उपलब्ध गराएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय सप्तरीका अनुसार प्रदेश २ सरकारको प्रादेशिक स्वास्थ्य आपूर्ती, व्यवस्थापन केन्द्रमार्फत शुक्रबार गजेन्द्र नारायण सिंह अस्पतालको पीसीआर प्रयोगशालाका लागि १ सय ५ सय थान भीटीएम प्राप्त भएको हो ।

जिल्लामा कोरोना परीक्षणको दायरा बढाउँदै लगेपछि केही दिनयता दैनिक २ सय देखी ३ सयसम्म आसंकितहरुको स्वाब संकलन गरि पीसीआर परीक्षण थालिएपछि भीटीएमको अभाव हुन गएको थियो ।

पछिल्लो पटक १ सय २० थान मात्र भीटीएम स्टक रहँदा कोरोना परीक्षण सुस्त बनेको थियो । सप्तरीहालसम्म १३ हजार ३ सय ७२ जनाको स्वाब संकलन गरि परीक्षण गरिसकिएको छ ।

जिल्लामा दैनिक कोरोना संक्रमित थपिदै गई संक्रमितको सम्पर्कमा आएका तथा स्वेच्छाले पीसीआर गराउनेको संख्या समेत बढ्दै गएकाले प्रदेश सरकारसँग थप भीटीएम माँग गरिएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए ।

सप्तरीमा हालसम्म ५ जनाको कोरोनाबाट ज्यान गइसकेको छ भने कुल संक्रमितको संख्या ७ सय ७९ पुगेको छ । यस्तै आइसोलेशनमा रहेका संक्रमितको संख्या २ सय ३५ रहेको छ भने निको भई डिस्चार्ज हुनेको संख्या ५ सय ४४ रहेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ३ : ४५ बजे

रसुवा बाढीपछि कोरला नाकाबाट चिनियाँ सामान ढुवानी हुँदै

रसुवा । भोटेकोशी नदीमा गएको बाढीसँगै सडक–पुललगायतका भौतिक संरचना ध्वस्त

तीन दिनमा ८७ हजार ८७७ ग्याँस सिलिण्डर रिफिल गरि काठमाडौं ल्याइयो

काठमाडौं । नेपाल आयल निगमले तीन दिनमा ८७ हजार ८७७

हैजाविरुद्ध २१ हजार डोज खोप रसुवामा पठाइयो

काठमाडौ । बाढी प्रभावित क्षेत्रमा पानीजन्य रोगको जोखिम बढ्न थालेपछि

कृष्णभीरमा खोलिएको ‘ट्र्याक’ लाई फराकिलो बनाइँदै

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमाथिको भागबाट निर्माण सामग्री तथा उपकरण

भोटेकोशी बाढी : बहुआयामिक चुनौतीका सामु कर्तव्यपथमा जुट्दैछ नेपाल प्रहरी

काठमाडौं । भोटोकोशी बाढीका कारण सिर्जित चुनौतीसँग जुध्न सीमित साधनस्रोतका