१२ श्रावण २०८१, शनिबार | July 27, 2024

बुटवलमा थपिए २४ नयाँ संक्रमित, होम आइसोलेसनमा १६९ जनाको उपचार हुँदै



बुटवल । स्वास्थ्य कार्यालय रुपन्देहीले बुटवल उपमहानगरपालिकामा १७ जना संक्रमित थपिएको बिज्ञप्ति प्रकाशित गरेको १ घण्टा भित्रमा बुटवल उपमहानगरपालिकाको स्वास्थ्य शाखाले उपमहानगरमा २४ जना नयाँ संक्रमित थपिएको जानकारी दिएको छ ।

उपमहानगरले प्रकाशित बिज्ञप्ति अनुसार पछिल्लो २४ घण्टामा बुटवलमा १० महिला र १४ पुरुषमा संक्रमण पुष्टि भएको छ । बुटवलमा शुक्रबार वार्ड नम्बर ९ मा ८ जना संक्रमित थपिएका छन् भने वार्ड नखुलेको ६ जना संक्रमित भेटिएका छन् । त्यसैगरि वार्ड नम्बर १२ मा ४ जना, वार्ड नम्बर १३ मा २ जना तथा वार्ड नम्बर ३, ५, ६, ८ मा १।१ जना संक्रमित थपिएका छन् ।

बुटवलमा शुक्रबार सम्मा २५८ जनामा संक्रमण पुष्टि भएको र ५१ जना कोरोना मुक्त, भएर डिस्चार्ज भएको उपमहानगरका स्वास्थ्य शाखा प्रमुख कुन्दन कुमार सिंहले बताए । सिंहका अनुसार १६९ जना होम आइसोलेसनमा बसेर उपचार गराईरहेका छन् । उपमहानगरको एन्फा आइसोलेसनमा ४७ जनाको उपचार भईरहेको छ । बुटवलमा २ जनाको मृत्यु भईसकेको छ ।

प्रकाशित मिति : १२ भदौ २०७७, शुक्रबार  ५ : १४ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान