१५ चैत्र २०८०, बिहिबार | March 28, 2024

निषेधाज्ञामा कोरोना परीक्षणको दायरा फराकिलो बनाउँदै भरतपुर महानगर



चितवन । निषेधाज्ञाको समयमा भरतपुर महानगरपालिकाले कन्ट्याक्ट ट्रेसिङ , स्वाब सङ्कलन र परीक्षणमा तीव्र गति दिएको छ । महानगर क्षेत्रभित्र साउन ३० गते रातिदेखि जारी निषेधाज्ञा आज राति दोस्रो साता पूरा हुँदैछ ।

शनिबारदेखि तेस्रो साताको निषेधाज्ञा हुँदै गर्दा दुई हप्ताको निषेधाज्ञा कोरोना भाइरस रोकथाम, नियन्त्रण र उपचारमा प्रभावकारी काम भएको महानगरको भनाइ छ ।

भरतपुर महानगरपालिका जनस्वास्थ्य शाखाका प्रमुख दीपक सुवेदीका अनुसार दैनिक कन्ट्याक्ट ट्रेसिङ, जोखिमयुक्त ठाउँहरुमा स्वाब सङ्कलन गर्ने काममा मात्र महानगरका १२ जना जनशक्ति परिचालन गरिएको छ ।

सुवेदीका अनुसार हालसम्म महानगरले दुई हजार ८७२ जनाको पिसीआर सङ्कलन गरी दुई हजार ५२८ जनाको परीक्षण गरेको छ । निषेधाज्ञा जारी भएयता मात्रै ७८७ जनाको स्वाब सङ्कलन गरी ७११ जनाको परीक्षण गरिएको सुवेदीले बताए । महानगर क्षेत्रमा हाल ३१९ जनामा कोरोना सङ्क्रमण देखापरेको छ ।

गत दुई सातामा मात्र यो सङ्ख्या २३६ रहेको छ जसमध्ये महिला १३३ र पुरुष १०३ जना रहेका छन् । पछिल्लो समय पुरुषभन्दा महिलामा सङ्क्रमण बढी छ ।

महानगरमा कोरोना सङ्क्रमणबाट दुई जनाको मृत्यु भइसकेको छ । पछिल्ला दिनमा सङ्क्रमण बढ्दै गएपछि आइसोलेसनको व्यवस्थापनमा महानगर जुटेको छ । हाल महानगरको आइसोलेसनमा २३६ जना रहेका छन् ।

तीमध्ये ८१ घरमा र १५५ जना संस्थागत आइसोलेसनमा छन् । सङ्क्रमितमध्ये ८४ जना निको भइसकेका छन् । २३६ सक्रिय सङ्क्रमित महानगरमा छन् । महानगरले सङ्क्रमण देखापरेपछि दुई हजार ३४७ जनाको कन्ट्याक्ट टे«सिङ गरिसकेको छ ।

निषेधाज्ञाको समयमा मात्र एक हजार ५५६ जनाको कन्ट्याक्ट ट्रेसिङ गरिएको सुवेदीले जानकारी दिए । भरतपुर महानगरले योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालय रहेको बागेश्वरी क्षेत्रमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेको छ ।

महानगरपालिका प्रमुख रेनु दाहालले सङ्क्रमित बढेपछि निषेधाज्ञा जारी भएसँगै आन्तरिक काममा जुटेको बताइन । दाहालले भनिन, “बागेश्वरीमा ७५ जना क्षमताको आइसोलेसन तयार गरेका छौँ । यसलाई बढाउँदै लैजान्छौँ ।”

दाहालका अनुसार कन्ट्याक्ट ट्रेसिङसँगै पिसीआर स्वाब सङ्कलनलाई तीव्रता दिएर परीक्षण बढाइएको उहाँको भनाइ छ । यसअघिका क्वारेन्टिन निर्मलीकरण र विकास गर्नाका साथै घरमै रहेका सङ्क्रमितलाई सुरक्षित रहन आवश्यक जनचेतना जगाइएको दाहालले जानकारी दिइन ।

महानगरले नेपालमा सङ्क्रमण देखिएलगत्तै कोरोना अस्थायी अस्पताल स्थापना गरी भरतपुर अस्पताललाई हस्तान्तरण गरेको थियो । नेपालमै कोरोना उपचारका लागि यो पहिलो अस्पताल हो । यससँगै बाहिरबाट आएका महानगरवासी राख्न ५० वटा क्वारेन्टिन बनाएकामा हाल ११ वटा सञ्चालनमा छन् ।

दाहालले निषेधाज्ञामा पनि आवश्यक वस्तु तथा सेवाहरु सञ्चालनमा समन्वय र सहजीकरण गरिएको बताइन । उनले भनिन, “यो अवधिमा जटिल प्रकारका दीर्घरोगीको उपचारमा सहजता पनि हामीले गरिरहेका छौँ ।” कतिपयले उपचार पाउन कठिन भएको गुनासो गरेकामा त्यसको सहजीकरण पनि महानगरले गरेको दाहालको धारणा छ ।

महानगरवासीको दैनिकीमा समस्या रहे पनि रोगसँग संयुक्त रुपमा लड्नुको विकल्प नभएको भन्दै उनले रोकथाम, नियन्त्रण र उपचारमा महानगर जुटिरहेको बताइन । अत्यावश्यक कामका लागि महानगरले समन्वय गरिरहेको उनको भनाइ छ ।

निषेधाज्ञा थपियो

जिल्ला प्रशासन कार्यालय चितवनले निषेधाज्ञाको समय पुनः एक साता थप गरेको छ । यसअघि दोस्रो पटक जारी गरेको निषेधाज्ञाको समय शुक्रबार राति १२ बजे सकिँदैछ ।

पहिलो पटक भरतपुर महानगर क्षेत्रमा साउन ३० गते रातिदेखि निषेधाज्ञा जारी गरिएको थियो । पहिलो चरणमा भरतपुर महानगर क्षेत्रमा मात्र निषेधाज्ञा जारी गरिएकामा साउन ३२ गते माडीबाहेक जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको थियो ।

भदौ ५ गतेदेखि भने जिल्लाका सबै पालिकामा निषेधाज्ञा जारी गरिएको छ । पछिल्ला दिनहरुमा कोरोनाको सङ्क्रमण बढ्दै गएपछि भदौ १९ गते सम्मका लागि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञामा आधा कर्मचारीले सरकारी कार्यालयको आन्तरिक काम र बिहान १० देखि १ बजेसम्म बैंक तथा वित्तीय संस्था सञ्चालन गर्ने गरी निषेधाज्ञा थप गरिएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

भरतपुर महानगरसँगै रत्ननगर, कालिका, खैरहनी, राप्ती, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा (३) बमोजिम जिल्लाभर लागू हुने गरी निषेधाज्ञा जारी गरिएको हो ।

जिल्लामा अहिले कोरोना सङ्क्रमित ४९५ पुगेका छन् । जसमध्ये चार जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १२ भाद्र २०७७, शुक्रबार  ६ : १९ बजे

एमाले रुपन्देहीको दशौं अधिवेशन जेठ १६ र १७ गते, विभिन्न समितिहरु गठन गर्दै तयारी सुरु

बुटवल । नेकपा एमाले रुपन्देहीको दशौं अधिवेशन आगामी जेठ १६

लुम्बिनी प्रादेशिक अस्पतालमा निसन्तान दम्पत्तिका लागि ‘आइयुआई’ सेवा सुरु

बुटवल । प्रसुती सेवालाई बिस्तार गर्दै लगेको लुम्बिनी प्रादेशिक अस्पताल

नेपाली राष्ट्रिय क्रिकेट टिमको बिदाई

काठमाडौं । भारतमा हुने बरोडा र गुजरातसँगको फ्रेन्डसिप सिरिज तथा

रुपन्देही प्रहरीले हराएका १२ थान मोवाईल फेला पारी मोबाइल धनिलाई बुझायो

बुटवल । रुपन्देही प्रहरीले जिल्लाका बिभिन्न स्थानबाट मोबाइल हराएको भन्दै

स्वास्थ्यमन्त्री यादवलाई रास्वपाको २६ बुँदे सुझाव

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को स्वास्थ्य विभागले बिहीबार