२४ बैशाख २०८१, सोमबार | May 7, 2024

बाँकेमा संक्रमित थपिने र डिस्चार्ज हुनेको संख्या बराबरीमा



नेपालगन्ज । बाँकेमा कोरोनाको ग्राफ बढेसँगै कोरोना मुक्त हरनेको संख्या पनि बढ्दै गएको छ । शनिबार डिस्चार्ज हुने संक्रमण मुक्तहरुको संख्या सहित जिल्लामा सात सय बढी जिल्लाबासीले कोरोना भाइरसलाई पराजित गर्दै घर फर्केका छन् ।

शनिबार मात्र होटल न्यू इन्द्रेणी, नेपालगन्ज मेडिकल कलेज चिसापानी आइसोलेसन सेन्टर, आदर्शनगर आइसोलेसन, होटल सिटी प्यालेस, खजुरा क्यान्सर अस्पताल आइसोलेसनबाट १० जना डिस्चार्ज भएका छन् । ती अधिकांश नेपालगन्जका हुन् । डिस्चार्ज हुनेमा अख्तियार दुरुपयोग अनुसन्धानका कर्मचारी देखि मेडिकल कलेजका नर्सिङ स्टाफ पनि छन् ।

जिल्लामा कूल कोरोना संक्रमित ९ सय ७५ जना रहेकोमा कोरोनाबाट शनिबारसम्म ७ सय ३ जना डिस्चार्ज भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठले बताए । बिभिन्न आइसोलेसन केन्द्र तथा अस्पतालहरुमा अब २ सय ६६ जनाले उपचार गराईरहेका छन् । कोरोनाबाट बाँके जिल्लामा अहिलेसम्म ६ जनाको ज्यान गएको छ ।

प्रकाशित मिति : १३ भाद्र २०७७, शनिबार  ९ : ५७ बजे

ज्ञान कर्णाली हाफ म्याराथनमा महिला तथा पुरुष विजेतालाई समान ५५/५५हजार

नेपालगन्ज । यही बैशाख २९ गते शनिवार आयोजना हुने प्रथम

ललितपुर आगलागी : दुई बालिकाको मृत्यु, दुईको अवस्था गम्भीर

काठमाडौं । ललितपुर महानगरपालिका-१७ ग्वार्कोस्थित एक टहरोमा आइतबार भएको आगलागीमा

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,