२ पुस २०८२, बुधबार | December 17, 2025

घाट लैजाँदै गरेको शव सेनाले बुझेर दाहसंस्कार गरिदिए पछि…..



विराटनगर । विराटनगरको न्यूरो अस्पतालमा मृत्यु भएका एकजना बिरामीको शव आफन्तले दाह संस्कार गर्न लैजाँदै गरेको अवस्थामा नेपाली सेनाको टोलीले बरामद गरेर दासंस्कार गरेको छ ।

अस्पतालबाट सामान्य मृत्यु भन्दै आफन्तले शव बुझेर दाहसंस्कारका लागि लैजाँदै गर्दा पीसीआर रिपोर्टमा पोजिटिभ पुष्टि भएपछि बीच बाटोबाटै सेनाको शव ब्यवस्थापन टोलीले शवको जिम्मा लिएर दासंस्कार गरिदिएको हो ।

मोरङको पथरी शनिश्चरे नगरपालिका-२ का ६१ वर्षीय पुरुषको शनिबार विराटनगरको न्यूरो अस्पतालमा उपचारका क्रममा मृत्यु भएको थियो ।

स्वास्थ्यमा समस्या देखिएपछि उनलाई भाद्र ३ गते न्यूरो अस्पताल भर्ना गरिएको थियो । मुटुसम्बन्धी रोगबाट पीडित उनको शनिबार मृत्यु भएको थियो ।

उनको बिहीबार स्वाब संकलन गरिएको भएपनि रिपोर्ट नआउंदै अस्पतालले आफन्तलाई शव बुझाए पछि आफन्तले दाहसंस्कारको तयारी गरेका थिए ।

दाहसंस्कारका लागि लैजाँदै गर्दा उनीमा कोरोना भाइरस रहेको रिपोर्ट आएको थियो ।

कोरोना नगेटिभ देखिएको भन्दै आफन्तले शव लगेको तर पोजेटिभ रिपोर्ट आएपछि स्थानीय प्रशासनलाई खबर गरिएको न्यूरो अस्पतालले जनाएको छ ।

अस्पतालले स्थानीय प्रशासनलाई खबर गरे लगत्तै सेनाको शव ब्यवस्थापन टोलीले शव बुझेर ब्यवस्थापन गरेको थियो ।

प्रकाशित मिति : १३ भदौ २०७७, शनिबार  ८ : २८ बजे

सुनचाँदीको मूल्य बढेकोबढ्यै

काठमाडौं । सुनचाँदीको मूल्य निरन्तर बढिरहेको छ । मङ्गलबारको तुलनामा

एमाले ११ औँ महाधिवेशनमा नयाँ नेतृत्व चयनका लागि मतदान सुरु

काठमाडौं । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

एमाले ११ औँ महाधिवेशन : मतदानका लागि प्रतिनिधि लाइनमा

काठमाडौं । नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व

पश्चिम तराईमा हुस्सु-कुहिरो, धनगढी-नेपालगञ्ज-भैरहवामा हवाई सेवा प्रभावित

काठमाडौं । पश्चिम तराईका विभिन्न जिल्लामा हुस्सु-कुहिरो लागेको छ, जसका

माथिल्लो मुस्ताङको घरदैलोमा स्वास्थ्य शिविर

मुस्ताङ । माथिल्लो मुस्ताङको सीमावर्ती गाउँको घरदैलोमै स्वास्थ्य शिविर सञ्चालन