२९ फाल्गुन २०८२, शुक्रबार | March 14, 2026

छिमेकीलाई विषालु साग दिनेले गरे आत्महत्या



गलकोट । बागलुङको काठेखोला गाउँपालिका-५ बिहुँ रिजाल चोकको एक परिवारलाई जरिङ्गो नामको विषालु साग दिने व्यक्तिले आत्महत्या गरेका छन् ।

छिमेकीलाई दिएको जरिङ्गोको साग खाएर रिजालचोकका चार जना गम्भीर बिरामी परेका छन् । उनीहरूको अहिले गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ । जरिङ्गोको साग दिने रिजालचोक फुर्सेमाटोका ७८ वर्षीय रनबहादुर विकले शनिबार आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

विकले दिएको साग खाएर गत बिहीबार बिहान रिजालचोकका ७१ वर्षीया देउरुपा कँडेल, उहाँकी बुहारी ३७ वर्षीया चिजा कँडेल, छोरा ३७ वर्षीय चुडामणि कँडेल र १७ वर्षीय नाति सन्तोष कँडेल गम्भीर बिरामी परेका थिए । चारै जनाको धवलागिरि अस्पतालमा उपचार हुन नसकेपछि पोखरा पठाइएको थियो ।

विकले शनिबार घरभन्दा १०० मिटर तलको रुखमा झुण्डिएर आत्महत्या गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राजेन्द्र रेग्मीले जानकारी दिए । “आत्महत्या गर्नेले समेत विषालु साग स्थानीय मदिरासँग खाएको र केही बिसञ्चो भएपछि घरेलु औषधि खाएर ठीक भएको बुझ्नमा आयो”, रेग्मीले भने, “सागले मानसिक असर गरेको पनि हुनसक्छ अथवा साग दिएका कारण अन्य बिरामी परेका कारण तनावमा आएर आत्महत्या गरेको हुन पनि सक्दछ ।”

विकले दिएको साग खाएपछि चारैजना बेहोस भएका र अहिले पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको छ ।

बिरामीमध्ये चुडामणि कँडेलको आइसीयूमा राखेर उपचार भइरहेको छ भने अन्य सामान्य अवस्थामा फर्केका छन् । विषालु साग खाएकामा मानसिक विचलन देखिएको छ । रासस

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ७ : ११ बजे

गहुँको समर्थन मूल्य तोक्न उद्योग मन्त्रालयसमक्ष कृषिको प्रस्ताव

काठमाडौँ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले यस वर्ष गहुँको

आज झापामा सबैभन्दा बढी वर्षा, अझै केही दिन बदली कायम रहने

काठमाडौँ । मौसम बदली कायम रहँदा आज पनि देशका विभिन्न

बुटवलको संगमपथ स्थित जुत्ता चप्पलको पसलमा आगलागी

बुटवल । बुटवलको एक जुत्ता पुलमा आगलागी भएको छ ।

कांग्रेसले अनुशासन उल्लङ्घनका उजुरीको प्रारम्भिक अध्ययन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले अनुशासन समितिमा प्राप्त अनुशासन उल्लङ्घनका उजुरीको