२४ बैशाख २०८१, सोमबार | May 6, 2024

भारतसँग सीमा विवादकै बीच चिनियाँ राष्ट्रपति सीको कडा निर्देशन, – सीमा सुरक्षालाई थप मजबुद बनाऊ



चिनियाँ राष्ट्रपति सी चिङफिङले देशको सीमा सुरक्षालाई सुरक्षित राख्ने प्राथमिकता रहनुपर्ने बताएका छन् ।

तिब्बत मामिलाबारे देशको सर्वोच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै चिनियाँ कम्युनिष्ट पार्टीका महासचिव एवं केन्द्रीय सैन्य आयोगका प्रमुख समेत रहेका राष्ट्रपति सी ले सिमा सुरक्षामा प्राथमिकता दिनुपर्ने बताएका हुन् ।

बैठकमा चिनियाँ राष्ट्रपति सी ले पार्टी, सरकार र उच्च सैनिक नेताहरुलाई सीमा सुरक्षालाई मजबुद बनाउन र त्यसको सुनिश्चितता गर्न निर्देशन दिएका छन् । उनले राष्ट्रिय सुरक्षा एवं स्थायी शान्ति र स्थिरता सुनिश्चित गर्न अझ कठिन काम गर्नुपर्ने बताएका छन् ।

तीन महिना अघिदेखि भारतसँग सीमामा तनावपूर्ण विवाद समाधान नभैरहेको समयमा राष्ट्रपति सी को सम्बोधन अर्थपूर्ण रहेको छ । भारतसँग चीनको करिब ३४ सय किलोमिटर लामो सीमा जोडिएको छ । जसको अहिलेसम्म स्थायी सीमा समाधान भएको छैन । काल्पनिक लाइन अफ एक्चुअल कन्ट्रोल (एलएसी)ले दुई मुलुकको सीमा छुट्याएको छ ।

दुवै मुलुकका सैन्य एवं कुटनीतिक वार्ताकारहरुले झडप पछिको अवस्थालाई सामान्य बनाउन वार्ता जारी राखेका छन् । यद्यपी, अहिलेसम्म गतिरोधको हल निस्केको छैन ।

बेइजिङमा भएको दुई दिने ‘सातौं तिब्बत सङ्गोष्ठी’ शनिबार सम्पन्न भएको थियो । सोही बैठकको समापन समारोहलाई राष्ट्रपति सी ले सम्बोधन गरेका थिए । यो सङ्गोष्ठी तिब्बत नीतिका लागि देशको सबैभन्दा ठूलो उच्चस्तरीय मञ्च हो । यो बैठक सन् २०१५ पछि पहिलो पटक आयोजना गरिएको थियो ।

स्थिरताका लागि अभेद्य किल्ला
बैठकमा राष्ट्रपति सी ले कम्युनिष्ट पार्टीको भूमिकालाई थप मजबुद बनाउनुपर्ने समेत धारणा राखेका छन् । विचारधारात्मक एवं अनुशासनात्मक लडाईंमा मुकाविला गर्न र मुख्य अप्ठ्याराहरुबाट पार पाउन पार्टीमा पूर्ण निष्ठाको आवश्यकतामा सी ले जोड दिए ।

नयाँ युमा तिब्बतलाई विकसित गर्न सीपीसीका नीतिलाई पूर्ण कार्यान्वयन गर्नुपर्ने आवश्यकता राष्ट्रपति सी ले बताए ।

राष्ट्रपति सी ले क्षेत्रमा स्थिरताका लागि एक अभेद्य किल्ला बनाउन जरुरी रहेको बताएका छन् । यसैगरी पृथकतावादसँग लड्न जनतालाई थप शिक्षित बनाउनुपर्ने धारणा पनि राखेका छन् ।

तिब्बतबाट भागेका दलाई लामा र उनको समुहले अझै पनि तिब्बतलाई अलग्याउन चाहन्छन् । पश्चिमा शक्तिहरु विशेषगरी अमेरिकाले तिब्बतलाई अझै पनि अलग्याउनका लागि प्रयास गरिरहेको छ ।

अमेरिकाले तिब्बती पृथकतावादीहरुलाई चीन विरुद्ध गतिविधि गर्नका लागि बर्षेनी अर्बौ डलर लगानी गरिरहेको छ । तिब्बतको नाममा अलग्गै कानुन बनाएर चिनियाँ सरकारी अधिकारी एवं चिनियाँ कम्युनिष्ट पार्टीका कैयौं नेताहरुमाथि प्रतिबन्ध समेत लगाएको छ । तर, अमेरिका लगायत सबै देशले चलाएको चीन विरुद्धको तिब्बत कार्ड सधैंभर फेल हुँदै आएको छ ।

चीन विरुद्ध तिब्बत कार्ड खेलिरहेको अमेरिकाले नेपाललाई आधार भूमि बनाएर हिंसात्मक गतिविधि समेत संचालन गरेको थियो । चार दशक पहिले मुस्ताङ जिल्लामा तिब्बती खम्पाहरुलाई सैनिक तालिम दिएर सशस्त्र युद्धको समेत तयारी गरेको थियो । तर, नेपाली सेनाले अपरेशन गरी खम्पाहरुलाई नियन्त्रणमा लिएको थियो ।

नेपालमा अझै पनि अमेरिका र पश्चिमा आईएनजीओहरुले ‘फ्रि–तिब्बत’को नाममा चलाउने कतिपय गतिविधिलाई आर्थिक सहयोग गर्दै आएका छन् । नेपाल सरकारमाथि ‘तिब्बती शरणार्थी’ विरुद्ध कडा रवैया नअपनाउन अमेरिकाले दबाब दिँदै आएको छ ।

थप पूर्वाधारमा जोड
राष्ट्रपति सी ले तिब्बती बौद्ध धर्मलाई समाजवाद र चिनियाँ परिस्थिति अनुकुल रुपान्तरण गर्दै एकतालाई मजबुद बनाउन राजनीतिक एवं वैचारिक शिक्षा अघि बढाउनुपर्ने बताएका छन् ।

यसैगरी सी ले तिब्बतमा आर्थिक विकास एवं रोजगारी बढाउन मुख्य पूर्वाधारयुक्त परियोजनामा थप लगानी गर्नुपर्ने बताएका छन् । यसैगरी छिमेकी सिचुआन, युनाना, गान्सु र सिङ्घाई प्रान्तलाई उनीहरुकहाँ बसोबास गर्ने तिब्बतीबासीको जीवनस्तर सुधार गर्न निर्देशन दिएका छन् ।

तिब्बतमा जलवायु परिवर्तन र पर्यावरणमाथि थप अनुसन्धान गर्दै पर्यावरणको रक्षा एवं पुनस्र्थापना गर्न विकास योजना बनाउनुपर्ने बताएका छन् ।

सी ले समृद्ध, सांस्कृतिक रुपले उन्नत, सुन्दर आधुनिक समाजवादी तिब्बत निर्माणका लागि थप प्रयाग गर्नुपर्ने बताए ।

प्रकाशित मिति : १४ भाद्र २०७७, आइतबार  ८ : ५७ बजे

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका

टी-२० विश्वकपमा आतंकवादी हमलाको धम्की

काठमाडौं । पाकिस्तान-अफगानिस्तानमा सक्रिय आतंकवादी संगठन आइएस खोरासानले टी-२० विश्वकपको

अशोक राई नेतृत्वको नयाँ दल जसपा निर्वाचन आयोगमा दर्ता

काठमाडौं । निर्वाचन आयोगले जनता समाजवादी पार्टीलाई नयाँ दलको मान्यता

भारी वर्षाका कारण भारतको मणिपुरमा विद्यालय बन्द

नयाँ दिल्ली । भारतको उत्तरपूर्वी राज्य मणिपुरमा भारी वर्षा र