२६ चैत्र २०८२, बिहिबार | April 9, 2026

सङ्क्रमणकालीन ऐन तत्काल संशोधन गर्न आग्रह



काठमाडौं । बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले सरकारसमक्ष द्वन्द्व पीडितमैत्री तथा सर्वोच्च अदालतबाट भएका आदेशमा निर्देशन गरेका विषयको व्यवस्थासहित यथाशीघ्र ऐन संशोधन प्रक्रियालाई बढाउन आग्रह गरेको छ ।

आयोगका प्रवक्ता डा. गंगाधर अधिकारीले बेपत्ता पारिएका पीडितको अन्तरराष्ट्रिय दिवसका सन्दर्भमा जारी गरेको प्रेस विज्ञप्तिमा तत्काल ऐन संशोधन गरी आयोगको परिणाममुखी कार्यसम्पादनका लागि सहज वातावरण निर्माण गरिदिन आग्रह गरेको हो ।

विज्ञप्तिमा बेपत्ता पीडित परिवार, सरोकारवाला व्यक्ति, संघ–संस्थालाई आयोगसँग हातेमालो गरी पीडितका अन्तर्निहित पीडाको चाँडो भन्दा चाँडो सम्बोधन गरी न्याय दिलाउने कार्यमा सबैको सहयोग रहने अपेक्षा गरिएको छ ।

बेपत्ता परिवारको पीडितको अन्तर्राष्ट्रिय दिवसले सरकार, सरोकारवाला व्यक्ति तथा संघसंस्थालाई सकारात्मक उत्प्रेरणा प्रदान गरी पीडितलाई न्याय प्रदान गर्ने अनुकूल वातावरण बनोस् भन्ने शुभेच्छा आयोगले राखेको छ ।

आयोगमा विस्तृत छानबिनको क्रममा रहेका उजुरीलाई प्रदेशअनुसार चार समूहमा विभाजन गरी चारै समूहबाट आवश्यक छानबिनका कार्य निरन्तररुपमा भइरहेका छन् । पीडित परिचयपत्र वितरणका कार्यविधिलगायत अन्तरिम राहत, परिपूरणका सम्बन्धमा पनि छलफल, परामर्श तथा बहसका कार्य भइरहेको जनाइएको छ ।

आयोग जतिसक्दो छिटो परिचयपत्र वितरण, परिपूरणको सिफारिस, पीडकको बयान, कारवाहीको सिफारिसलगायतका कानूनद्धारा प्रदत्त जिम्मेवारी सम्पन्न गर्नेतर्फ अगाडि बढ्ने दिशामा रहेको विज्ञप्तिमा उल्लेख छ ।

नेपालमा २०५२ फागुन १ गतेदेखि २०६३ मङ्सिर ५ गतेसम्म चलेको सशस्त्र द्वन्द्व पश्चात् नेपाल सरकार र तत्कालीन द्वन्द्वरत नेकपा (माओवादी) बीच २०६३ मङ्सिर ५ गते सम्पन्न विस्तृत शान्ति सम्झौता भएपछि द्वन्द्वको विधिवत अन्त्य भएको थियो ।

आयोगमा हालसम्म दर्ता भएका तीनहजार २२३ उजुरीमध्ये २३ उजुरी प्रारम्भिक छानबिन तथा दुई हजार ५०७ उजुरी विस्तृत छानबिनको क्रममा रहेका छन् । पहिलो पटक गठित आयोगको कार्यकाल २०७५ चैत मसान्तमा समाप्त भएपश्चात २०७६ माघ ९ गतेदेखि नयाँ पदाधिकारीले कार्यभार शुरु गरेका छन् ।

प्रकाशित मिति : १४ भदौ २०७७, आइतबार  ५ : ३२ बजे

सुर्खेतमा भोलिदेखि ‘नबिल निःशुल्क जलन उपचार शिविर’

काठमाडौं । प्रदेश अस्पताल सुर्खेत र नबिल बैंकको संयुक्त आयोजना

दोस्रो सौभाग्य गोल्डकप : अन्तिम चारको टुगो लाग्यो

बुटवल । बुटवलमा जारी सहिद प्रचण्ड थैव स्मृति दोस्रो सौभाग्य

चर्चित डान्सर बबिता धितालले अभिनय गरेको ‘पैसा’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

काठमाडौं । क्लब १६ इन्टरटेनमेन्टको प्रस्तुति रहेको नयाँ नेपाली गीत

आइ क्यान एजुकेशनको नयाँ पहल : मानसिक स्वास्थ्यमा केन्द्रित भिडियो सामग्री

बुटवल । विद्यार्थीहरुमा मानसिक स्वास्थ्यबारे खुला संम्बाद प्रोत्साहन गर्ने उद्देश्यसहित

दुई दिने बिदाले शैक्षिक क्यालेण्डरमा असर पार्नेमा नेसनल प्याब्सनको चिन्ता

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल