१० भदौ २०८३, बुधबार | August 27, 2026

रुपन्देहीमा संक्रमितको संख्या १००० नाघ्यो, सोमबार थपिए २५ नयाँ संक्रमित



बुटवल । पछिल्लो २४ घण्टामा रुपन्देहीमा २५ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार जिल्लामा सोमबार १० महिला र १५ पुरुषमा संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालयका अनुसार बुटवल उपमहानगरमा १६ जना नयाँ संक्रमित थपिएका छन् भने सिद्धार्थनगर नगरपालिकामा ३ जना, तिलोत्तमा नगरपालिकामा ३ जना, ओमसतियामा २ र कोटहिमाईमा १ जनामा संक्रमण पुष्टि भएको छ ।

रुपन्देहीमा सोमबार सम्ममा १००१ जनामा संक्रमण पुष्टि भएको छ भने १० जनाको कोरोनाका कारण मृत्यु भएको छ । जिल्लामा ४३३ जनाले कोरोना भाइरस जीतेर घर फर्केका छन् ।

यता बुटवल उपमहानगरपालिकाले भने बुटवलमा १७ जना नयाँ संक्रमित थपिएको जनाएको छ । उपमहानगरले दिएको जानकारी अनुसार वडा नम्बर ८ मा सबैभन्दा बढी ८ जनामा संक्रमण पुष्टि भएको छ भने वडा नम्बर ११ मा ३ जना र वडा नम्बर ४ मा २ जनामा संक्रमण पुष्टि भएको छ । वडा नम्बर ५,६, १३ र १९ मा १।१ जनामा संक्रमण पुष्टि भएको् छ ।

बुटवलमा जम्मा संक्रमितको संख्या ३०२ जना पुगेको छ ।

प्रकाशित मिति : १५ भदौ २०७७, सोमबार  ५ : ४९ बजे

भोटेकोशी बाढी : हालसम्म मृत्युहुनेहरुको संख्या १ सय जना पुग्यो

काठमाडौं । रसुवामा आएको विनाशकारी बाढीका कारण बुधबार राति २०:३०

भारत सरकारले पठायो १० टन राहत सामग्री

काठमाडौँ । भारत सरकारले रसुवाका बाढी प्रभावितका लागि १० टन

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

काठमाडा्रैं । भोटेकोसी बाढीको क्षति, खोजी, उद्धार, राहत र पुनर्स्थापनाका

भोटेकोशी बाढी : ९५ जनको मृत्यु भएको पुष्टि, ठुलो संख्यामा सम्पर्क बिहिन

काठमाडौं । रसुवास्थित भोटेकोसीमा आएको बाढीमा परि ९५ जनाको मृत्यु

एनआरएनएले पाँच करोड बराबरको आर्थिक सहयोग गर्ने निर्णय

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले भोटेकोशी नदीमा आएको बाढीबाट