६ आश्विन २०८३, मंगलबार | September 23, 2026

कक्षा १२ काे परीक्षा दसैँअगाडि नै सञ्चालन



काठमाडौं । दसैँअगाडि नै कक्षा १२ काे परीक्षा सञ्चालन हुने भएकाे छ । विद्यार्थीको शैक्षिक सत्रलाई मध्यनजर गर्दै राष्ट्रिय परीक्षा बाेर्डले स्थगित परीक्षा सञ्चालन गर्ने तयारी गरेकाे हाे ।

कक्षा ११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्ण प्रसाद शर्माले दसैँअगाडि नै परीक्षा सञ्चालन गर्ने गरी प्रक्रिया थालिएकाे जानकारी दिए । उनका अनुसार परीक्षाकाे मिति टुंगाे लागेपछि विद्यार्थीलाई सूचित गरिने छ । ‘विद्यार्थीलाई २१ दिनअघि नै पूर्वसूचना दिइने छ’, उनले भने, ‘हामी उनीहरूकाे उच्च शिक्षा अध्ययन गर्ने बाटाे खुला गर्ने हिसाबले तयारी गरिरहेका छाैँ ।’

परीक्षाकाे माेडलबारे अन्याेल

दसैँअगाडि नै परीक्षा लिने तयारी गरिरहेकाे बाेर्ड कुन माेडलमा परीक्षा सञ्चालन गर्ने भन्नेबारे भने अहिलेसम्म अन्याेलमा छ । एउटै काेठामा धेरै विद्यार्थीलाई राखेर परीक्षा लिन असम्भव हुने बाेर्डले जनाएकाे छ । ‘काेराेना त्रासका कारण पुरानाे माेडलबाट परीक्षा सञ्चालन गर्न असम्भव छ’, शर्माले भने, ‘अरू केकस्ता विकल्प हुन सक्छन् भन्ने विषयमा हामी छलफलमै छाैँ ।’

उनका अनुसार ५० अङ्कको लिखित तथा ५० को अन्य विधिबाट विद्यार्थीको मूल्याङ्कन गर्न सकिने, विद्यार्थी सङ्ख्या कम भएको ठाउँमा सामाजिक दूरी कायम राख्दै परीक्षा सञ्चालन र अनलाइन विधिबाट भए पनि परीक्षा लिन सकिने लगायतका विकल्पमाथि छलफल भइरहेकाे छ ।

विश्वभर महामारीका रूपमा फैलिएकाे काेराेना भाइरस काेभिड-१९ काे संक्रमण नियन्त्रण तथा राेकथामकाे प्रयासमा ५ महिनायता सम्पूर्ण शैक्षिक गतिविधि ठप्प छ ।

प्रकाशित मिति : १६ भदौ २०७७, मंगलबार  ६ : ३० बजे

महासभाको उच्चस्तरीय राजनीतिक बहस प्रारम्भ, नेपालबाट परराष्ट्रमन्त्री सहभागी

न्युयोर्क । संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभाअन्तर्गतको उच्चस्तरीय राजनीतिक बहस

जेनजी आन्दोलनका सहिद परिवार र घाइतेलाई स्नातक तहसम्म निःशुल्क शिक्षा दिइने

काठमाडौँ । सरकारले जेनजी आन्दोलनका सहिद परिवार तथा गम्भीर र

कांग्रेसको नेतृत्वमा गगनको विकल्प छैन : उपसभापति भुसाल

अर्घाखाँची । नेपाली कांग्रेसका उपसभापति पुष्पा भुसालले पार्टीको नेतृत्वमा गगनकुमार

२०औँ एसियाली खेलकुद : महिला कबड्डीमा नेपाल विजयी

काठमाडौँ । जापानको इची–नागोयामा भइरहेको २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला

बुधवारबाटै नेपालमा वर्षाको क्रम बढ्दैजाने

काठमाडौं । भोलि (बुधबार,७-असोज) बाटै नेपालमा वर्षा हुने क्रम बढ्दै