२९ बैशाख २०८३, मंगलबार | May 12, 2026

जुम्लामा कैदीबन्दीसहित ३९ कोरोना सक्रमित थपिए



जुम्ला । जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा सङ्क्रमण देखिएको हो ।

जिल्लाभर स्थानीय तहमा स्वाब परीक्षण गर्ने क्रममा चन्दननाथ नगरपालिकामा १६, जिल्ला कारागार जुम्लामा १० र नेपाल विद्युत् प्राधिकरण जुम्लाका चार कर्मचारीमा कोरोना सङ्क्रमण देखिएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका अस्पताल निर्देशक डा.मङ्गल रावलले बताए ।

त्यसैगरी तिला गाउँपालिकामा दुई, तातोपानी गाउँपालिकामा दुई, सिञ्जा गाउँपालिकामा एक, पातारासी गाउँपालिकामा एक, कनकासुन्दरी गाउँपालिमा एक, पेस नेपालका कर्मचारी एक, कृषि कार्यालयका एक गरी ३९ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।

थप ३९ सहित सक्रिय सङ्क्रमितको सङ्ख्या जुम्लामा ८७ पुगेको छ । डा.रावलले भने, “धेरैजसो जुम्लाको चन्दननाथमा स्थायी ठेगाना र बसोबास गरिरहेका व्यक्तिहरु रहेकाले यहाँको सदरमुकाम खलङ्गा उच्च जोखिममा रहेको छ ।” कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आइसोलेसनमा रहेका ११ र हिमा गाउँपालिकाको आइसोलेसनमा रहेका २१ गरी ३२ जना डिस्चार्ज भएका छन् । जुम्लामा कोरोना सङ्क्रमित निको हुनेको सङ्ख्या १४१ पुगेको छ ।

सङ्क्रमितलाई पुनः परीक्षण गरिएन

स्वाब परीक्षणमा कोरोना सङ्क्रमण पुष्टि भएका व्यक्तिलाई पुनः परीक्षण नै नगरी घर पठाउने गरिएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालको आइसोलेसनमा रहेको नौ सङ्क्रमतिलाई पुनः परीक्षण नै नगरी १४ दिनपछि घर पठाइएको हो ।

चौध दिनपछि आइसोलेसनबाट घर पठाइएका व्यक्तिले पुनः परीक्षण नै नगरी प्रमाणपत्र हातमा थमाएर घर पठाइएको प्रतिक्रिया दिएका छन् । उनीहरु भन्छन्, “हामीलाई अब कोरोना सङ्क्रमण छ वा छैन कुनै जानकारी हुन सकेन ।” चन्दननाथ नगरपालिका प्रमुख कान्तिका सेजुवालले स्वास्थ्यमन्त्री भानुभक्त ढकालले पिसीआर परीक्षण गर्नु पर्दैन भनेर निर्देशिका पठाएको प्रतिक्रिया दिए । रासस

प्रकाशित मिति : १७ भदौ २०७७, बुधबार  १ : ४३ बजे

धादिङको बैरेनीमा तीन सवारी एकापसमा ठोक्किँदा ३७ जना घाइते, ३४ जना घाइतेलाई काठमाडौं ल्याइयो

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गल्छी गाउँपालिका-६ बैरेनीमा तीन वटा

‘मोबाइल’को निउँमा भनाभन हुँदा…

चितवन । धारिलो हतियार प्रहार गरी एक युवकको हत्या गरेको

महभिरमा पहिरो खसेपछि बेनी-जोमसोम सडक अवरुद्ध

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका-७ महभिरमा पहिरो खसेपछि मुस्ताङलाई राष्ट्रिय

प्रतिनिधिसभाको बैठक बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज मध्याह्न १३ः०० बजे बस्दैछ ।

आजको मौसम : केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । पश्चिमी वायु, स्थानीय वायु र नेपालको पूर्वी भू-भाग