११ श्रावण २०८३, सोमबार | July 27, 2026

बुटवलको सिद्धबाबा अस्पतालमा उपचाररत महिलाको मृत्युपछि कोरोना पुष्टि



बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचार गराएकी बुटवल–७ कि ४५ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको थियो । तर उनको पीसीआर रिपोर्ट बिहीबार आएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

चार दिनदेखि ज्वरो आएर स्वासप्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा उपचार गराउन गएकी उनको बुधबार साँझ मृत्यु भएको प्रवक्ता रेग्मीले बताए ।

मृतक महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिलाको उपचारमा संलग्न दुईजना स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका र अस्पतालको आकस्मिक कक्ष २४ घण्टा बन्द गरेर निर्मलीकरण गरिने अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले बताए ।

यो सँगै बिहीबार बुटवलमा उपचाररत ३ जनाको मृत्यु भएको छ । बिहीबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलाको बिहान साढे ४ बजे मृत्यु भएको थियो भने गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत प्युठान स्वर्गद्वारीका एकजना पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ५९ बजे

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन

पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक सञ्चालनमा

चितवन । ठाउँठाउँमा खसेको पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा

सुनसरीमा सामाजिक सद्भाव कायम गर्न सर्वपक्षीय सहमति

विराटनगर । सुनसरीको देवानगञ्जमा दुई समूहबीच भएको हिंसात्मक झडपपछि उत्पन्न

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौं । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको

साताको पहिलो कारोबारमै नेप्से ३३ अंकले ओरालो, ६ अर्बभन्दा बढीको कारोबार

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज