३ मंसिर २०८२, बुधबार | November 19, 2025

बुटवलको सिद्धबाबा अस्पतालमा उपचाररत महिलाको मृत्युपछि कोरोना पुष्टि



बुटवल । बुटवलमा थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ । उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

बुटवलको सिद्धबाबा अस्पताल रामनगरमा उपचार गराएकी बुटवल–७ कि ४५ वर्षीया महिलाको बुधबार दिउँसो मृत्यु भएको थियो । तर उनको पीसीआर रिपोर्ट बिहीबार आएको बुटवल उपमहानगरपालिकाका प्रवक्ता रामप्रसाद रेग्मीले बताए ।

चार दिनदेखि ज्वरो आएर स्वासप्रश्वासमा समस्या भएपछि बुधबार दिउँसो अस्पतालमा उपचार गराउन गएकी उनको बुधबार साँझ मृत्यु भएको प्रवक्ता रेग्मीले बताए ।

मृतक महिलाको रिपोर्ट पोजेटिभ आएपछि महिलाको उपचारमा संलग्न दुईजना स्वास्थ्यकर्मी होम आइसोलेसनमा रहेका र अस्पतालको आकस्मिक कक्ष २४ घण्टा बन्द गरेर निर्मलीकरण गरिने अस्पतालका प्रशासन प्रमुख प्रकाश न्यौपानेले बताए ।

यो सँगै बिहीबार बुटवलमा उपचाररत ३ जनाको मृत्यु भएको छ । बिहीबार लुम्बिनी प्रादेशिक अस्पतालमा उपचाररत सैनामैना नगरपालिका ११ की ७७ वर्षीया महिलाको बिहान साढे ४ बजे मृत्यु भएको थियो भने गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत प्युठान स्वर्गद्वारीका एकजना पुरुषको मृत्यु भएको थियो ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ५९ बजे

‘मौरिस हर्जोग’ पदमार्गका अस्थायी पुलमा आलोपालो आवतजावत गर्नुपर्ने अवस्था

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण आधार शिविर

अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीलाई कास्य पदक

काठमाडौं । अन्तरराष्ट्रिय खगोल ओलम्पियाडमा नेपाली विद्यार्थीले कास्य पदक हात

सुनचाँदीको मूल्य फेरि बढ्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको असर स्थानीय

एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा एमालेको सचिवालय बैठक आज बैस्दैछ । अध्यक्ष

पाशुपत क्षेत्रमा शतबीज छरियो

काठमाडौं । मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन आज पितृमोक्षको कामनाका साथ