१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा



काठमाडौं । नेपाल बक्सिङ संघले बक्सिङ प्रशिक्षक र निर्णायकहरुको कोरोना विमा गरिदिएको छ । वान देखि थ्री स्टारसहित ३२ प्रशिक्षक तथा विभिन्न श्रेणिका २० निर्णायक गरी जम्मा ५२ जनाको जनही १ लाखका दरले बक्सिङ संघले विमा गरिदिएको हो । ललितपुरको ग्वार्कोस्थित एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडमा उनीहरुको विमा गरिएको संघका प्रवक्ता श्याम अवालेले जनाएका छन् ।

विमाको अवधि भदौ १५ गतेदेखि १ वर्षसम्मका लागि कायम रहने छ । बक्सिङ संघका अध्यक्ष राम अवालेले प्रशिक्षकको विमाको पत्र बक्सिङका प्रमुख प्रशिक्षक प्रकाश थापा मगर तथा निर्णायकहरुको पत्र एसियाडका कांस्य पदक विजेता समेत रहेका संघका प्रविधिक कमिटीका संयोजक एवं थ्री स्टार कोच दीपक महर्जनलाई सम्बन्धितलाई हस्तान्तरण गर्ने गरी हस्तान्तरण गरे । १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा सहभागी १६ खेलाडी र २ प्रशिक्षकको विमा भने यसअघि नै बक्सिङ संघका सदस्य ओमनारायण श्रेष्ठले गरिदिएका छन् ।

अध्यक्ष अवालेले क्रमैसंग आठौं राष्ट्रिय खेलकुदका पदक विजेता, अन्तर्राष्ट्रिय पदक विजेता र ओलम्पियन बक्सिङ खेलाडीको पनि कोरोना विमा गरिदिने प्रतिबद्धता जनाएका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७७, बिहिबार  ८ : ५९ बजे

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित

निर्वाचन आचारसंहिता उल्लङ्घन भइरहेकोप्रति आयोगलाई कांग्रेसको ध्यानाकर्षण

काठमाडौँ । नेपाली कांग्रेसले निर्वाचन आयोगसमक्ष विभिन्न दलले निर्वाचन आचारसंहिता,