२४ बैशाख २०८१, सोमबार | May 6, 2024

वामदेवलाई राष्ट्रियसभामा नियुक्तिको सिफारिस गर्न मन्त्रिपरिषद् बैठक



काठमाडौं । वामदेव गौतमलाई राष्ट्रियसभामा राष्ट्रपतिबाट मनोनित गर्ने सदस्यमा सिफारिस गर्न मन्त्रिपरिषद्को बैठक बस्दैछ ।

बिहीबार बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाको सचिवलय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमलाई राष्ट्रिय सभामा लैजाने निर्णय सुनाएका थिए ।

नेकपाको गत फागुनमा बसेको बैठकले गौतलाई नियुक्तिको सिफारिस गर्न निर्णय गर्दै सरकारलाई सुझाव दिएको थियो ।

अर्थमन्त्री डा. युवराज खतिवडालाई नै राष्ट्रियसभामा ल्याउन चाहेका प्रधानमन्त्री ओलीले अन्तिममा पार्टीको पूर्व निर्णयअनुसार नै गौतमलाई राष्ट्रिय सभाको सदस्य बनाउने निस्कर्षमा पुगेका थिए ।

आजको मन्त्रिपरिषद् बैठक अर्थमन्त्री खतिवडाको अन्तिम बैठक हुनेछ । खतिवडा भोलि राति १२ बजेदेखि स्वतः पदमुक्त हुनेछन् ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  ११ : ४६ बजे

अदालतभित्रै श्रीमानद्वारा श्रीमती कुटिए

तम्घास । गुल्मी जिल्ला अदालतको भवनभित्र श्रीमानले श्रीमतीमाथि कुटपिट गरेका

घुस रकमसहित मालपोतका सुब्बा पक्राउ

बुटवल ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय कपिलवस्तुका नायव

ग्लोबल आइएमई बैंक र बडीमालिका नगरपालिकाबिच कर्जा सहजीकरण सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र बडीमालिका नगरपालिकाबिच उद्यमशीलता,

आफूहरूको सम्पत्ति सार्वजनिक गरिदिन प्रधानमन्त्री कार्यालयलाई रास्वपाका मन्त्रीहरूको पत्र

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सरकारमा रहेका उपप्रधानमन्त्री तथा

बुटवलको कालिकानगरबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ

बुटवल । बुटवलबाट सट्टेबाजी गर्ने १३ जना भारतीय पक्राउ परेका