२३ बैशाख २०८१, आइतबार | May 5, 2024

रुपन्देहीमा शुक्रबार मध्यान्हसम्म एकै दिन ३ जना कोरोना संक्रमितको मृत्यु



बुटवल । रुपन्देहीमा एकै दिन ३ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ । शुक्रबार मात्र जिल्लाका बिभिन्न स्थानका ३ जनाको मृत्यु भएको हो ।

पछिल्लो तथ्याँक अनुसार गौतम बुद्ध सामुदायिक मुटु अस्पतालमा उपचाररत सिद्धार्थनगर नगरपालिका – ७ की ६४ बर्षिया महिलाको मृत्यु भएको छ । शुक्रबारनै सिद्धार्थनगर ८ का ४५ बर्षिय पुरुष तथा बुटवल उपमहानगर – ८ का ७८ बर्षिय पुरुषको मृत्यु भएको थियो ।

मुटु अस्पतालमा मृत्यु भएका पुरुष भाद्र ४ गते उच्च रक्तचाप, सुगर, मृगौला रोग र निमोनिया देखिएपछि उपचारको लागि मुटु अस्पतालमा भर्ना भएका थिए । स्वास्थ्यमा गम्भिर समस्या देखिएपछि उृनलाई ४ गतेबाट नै आईसीयू भेन्टिलेटरमा राखि उपचार गरिएको अस्पतालले जनाएको छ । उनको भाद्र १५ गते स्वाब संकलन गरि भाद्र १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

उपचारकै क्रममा शुक्रबार बिहान ८ः४५ बजे उनको मृत्यु भएको अस्पतालले प्रेस बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

रुपन्देहीमा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।

प्रकाशित मिति : १९ भाद्र २०७७, शुक्रबार  १ : ३३ बजे

अबैध भन्सार छलेर नेपालगन्ज भित्रिएको लाखौंको सामान बरामद

नेपालगन्ज । बाँके प्रहरीले भन्सार छलेर नेपालगन्ज भित्रिएको झण्डै ३

तापक्रम घट्यो, अब आउने वर्षाले आगलागी घटाउन सघाउने

काठमाडौं । गर्मीका कारण आक्रान्त भइरहेका समयमा पछिल्लो केहीदिनयता मुलुकका

नेपालीको औसत आयु ७१ दशमलव तीन वर्ष

काठमाडौं । राष्ट्रिय तथ्याङ्क कार्यालयले नेपालीको औसत आयु ७१ दशमलव

नेपाल र जापानका परराष्ट्रमन्त्रीबीच द्विपक्षीय वार्ता

काठमाडौं । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र नेपाल भ्रमणमा

प्रधानमन्त्री प्रचण्ड र जापानी विदेशमन्त्री योकोबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग  जापानी विदेशमन्त्री खामिखावा योकोबीच