२५ बैशाख २०८१, मंगलबार | May 8, 2024

कोरोना संक्रमणबाट आगामी जनवरीसम्म अमेरिकामा ४ लाख बढीले ज्यान गुमाउने



अमेरिकामा आगामी जनवरीसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४ लाख पुग्ने अनुमान गरिएको छ ।

अमेरिकाको वासिङ्गटन युनिभर्सिटीको स्वास्थ्य संस्थानको पूर्वानुमानअनुसार यो वर्षको अन्तसम्ममा अमेरिकामा संक्रमणबाट हुने मृत्यु ४ लाख पुग्नेछ । यो संखया अहिलेको दुईगुणा भन्दा पनि बढी हो ।

यो अनुमानमा भनिएको छ कि आगामी डिसेम्बर महिनामा देशमा हरेक दिन ३ हजारभन्दा बढीको मृत्युहुनसक्छ ।

रोयटर्स न्यूज एजेन्सीको खबर अनुसार आम मानिसलाई मास्क लगाउने नियमलाई गम्भीरतापूर्वक पालना गर्नेहो भने मृतकको संख्या ३० प्रतिशतसम्म घटाउन सकिन्छ । तर, अमेरिकामा यौटा यस्तो ठूलो वर्ग छ, जसले मास्क लगाउने नियमको विरोध गर्छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्प समेत मास्क लगाउने नियमको विरोधमा रहेका छन् । राष्ट्रपतीय चुनावी अभियानको क्रममा ट्रम्पले विपक्षी उम्मेदवार डेमोक्रयाट जोन वाइडनले मास्क लगाएकोमा हालै खिस्सिट्युरी गरेका छन् ।

अहिलेको अवस्थामा आइएचएमई मोडलबाट अमेरिकामा मृत्यदर निकालिल्न । यस मोडललाई ह्वाइट हाउसको कोरोना भाइरस टास्क फोर्सले तयार गरेको थियो । तर अवस्थलाई गम्भीरतापूर्वक ध्यान दिइएन भने आउने दिनमा मृतकको संख्या प्रतिदिन संख्याको ३ गुणा हुनेछ ।

अहिले अमेरिकामा औषतमा हरेक दिन ८५० जनाको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भैरहेको छ ।

प्रकाशित मिति : २० भाद्र २०७७, शनिबार  ८ : ०४ बजे

नबिल डिवेन्चर २०८९ निष्काशनको बिक्री प्रबन्धकमा एसविआई मर्चेण्ट बैकङ्ग नियुक्त

काठमाडौं । नबिल बैंकले “८% नबिल डिवेन्चर २०८९” नामक ऋणपत्र

माछापुच्छ्रे बैंक बन्यो कर्पोरेट सुपर सिक्सेस सिजन–७ को च्याम्पियन

काठमाडौं । माछापुच्छ्रे बैंकले नेकोस कर्पोरेट सुपर सिक्सेस सिजन–७ को

पेमेन्ट गेटवे प्रकरण : तत्कालीन प्रबन्ध निर्देशक पौडेललाई नौ वर्ष कैद र २३ करोडभन्दा बढी जरिवाना

काठमाडौं । विशेष अदालतले नेपाल टेलिकमका तत्कालीन प्रबन्ध निर्देशक सुनील

नेकपा एकीकृत समाजवादीले सरकार नछाडने

काठमाडौं । नेकपा (एकीकृत समाजवादी)ले सरकारमा पार्टीको सहभागितालाई निरन्तरता दिने

लुम्बिनीमा रसियन बौद्ध सम्प्रदायको सहयोग, शान्तिको कामना गर्दै पाठ

लुम्बिनी । लुम्बिनी गुरुयोजना क्षेत्रभित्र रसियन बौद्ध समुदायको सहयोगमा तयार