१८ बैशाख २०८१, मंगलबार | April 30, 2024

शनिबार गोरखा अस्पतालमा मृत्यु भएकी वृद्धामा कोरोना संक्रमण पुष्टि



गोरखा । गोरखा अस्पतालमा उपचारको क्रममा शनिबार मृत्यु भएकी एक जना वृद्धामा कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार मृत्यु भएकी गोरखा नगरपालिका–७ की ७५ वर्षीया वृद्धामा मृत्यु पछि आएको रिपोर्टमा कोरोना संक्रमण पुष्टि भएको हो ।

मृतक वृद्धाको एकाघरका तीन सदस्यमा कोरोना देखिएपछि प्रत्येक्ष सम्पर्कका आधारमा उनको पनि स्वाव संकलन गरेर जनस्वास्थ्य प्रयोगशाला पोखरा पठाइएको थियो ।

रिपोर्ट नआउंदै अचेत बनेकी वृद्धालाई शनिबार अस्पताल लगिएको थियो । अस्पताल पुगेको केहिबेरमा नै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

ती वृद्धाको ब्रेन ह्यामरेज भएर दुई हप्ताअघि भरतपुर अस्पतालमा उपचार गर्न लगिएको तथा ब्रेनमा धेरै रगत जमेको रिपोर्टमा देखिएको गोरखा अस्पतालका प्रवक्ता कृष्ण ढकालले बताए ।

जिल्ला प्रशासनले मृतकको शव व्यवस्थापनको तयारी गरिरहेको छ ।

प्रकाशित मिति : २१ भाद्र २०७७, आइतबार  १० : ३१ बजे

आगलागीपीडितको पीडा : सबै जल्यो, के खाने ? कहाँ बस्ने ?

दाङ । २०८१ वैशाख १६ गते बिहान करिब १० बजेतिर

ग्लोबल आइएमई बैंकमा स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले १० मिलियन अमेरिकी डलर लगानी गर्ने

काठमाडौ । स्वीस इन्भेष्टमेन्ट फन्ड फर इमर्जिङ् मार्केटले ग्लोबल आइएमई

सुहाङको यात्रा – अधिवक्तादेखि सांसदसम्म

इलाम । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उम्मेदवार सुहाङ नेम्वाङको संसद्

चुनावी असफलताबारे रास्वपाको विश्लेषण – सहि समयमा घण्टी नबजाएर मतदाताले सचेत गराए

काठमाडौं । इलाम-२ मा जमानत जफत भएपछि रास्वपाले सहि समयमा

रविलाई सिकेको सुझाव – बारा र इलाममा जमानत जफत भयो, विचार गर्नुहोला

काठमाडौं। जनमत पार्टीका अध्यक्ष सिके राउतले ८४ मा बहुमतको कुरा