१९ मंसिर २०८२, शुक्रबार | December 5, 2025

मल नल्याउने किसानमारा ठेकेदारलाई सरकारले ग-यो कार्वाही, धरौटी जफत (पत्रसहित)



काठमाडौं । रासायनिक मल नल्याएर आम किसानको छातीमा लात हान्ने बद्नाम दुई ठेकेदार कम्पनीलाई सरकारले कार्वाही गरेको छ ।

सारदा अधिकारीको शैलुङ इन्टरप्राइजेज र हरेराम कोइरालाको होनिको मल्टिपललाई कारवाही गरेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडसँग २५/२५ हजार मेट्रिक टन युरिया आपूर्ति सम्झौता गरेर पनि आयात नगरेपछि यि कम्पनीलाई कार्वाही गरिएको छ ।

कृषि मन्त्रालय अन्तर्गतको सो कम्पनीले मल आपूर्तिका लागि ठेक्का लगाएकाे थियो।

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले भदौ २० गतेसम्म मलको सबै परिणाम ल्याउनुपर्ने थियो । तर, दुबै कम्पनीले मल आयातको प्रकियासमेत सुरू गरेका थिएनन् ।

कृषि सामग्री कम्पनीको आइतबार बसेको बैठकले दुबै कम्पनी ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने, क्षतिपूर्ति भराउने र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको छ ।

दुवै कम्पनीले ५/५ करोड रूपैयाँ धरौटी राखेका थिए ।

शक्ति र पहुँचका आधारमा मल आयात नगर्ने यि दुबै कम्पनीले पुन: म्याद थपका लागि शुक्रबार कृषि कम्पनीमा निवेदन दिएका थिए ।

तर अत्याधिक आलोचना भएपछि सरकार उनीहरूलाई कार्वाही गर्ने निस्कर्षमा पुगेको हो ।

ठेकेदारहरूलाई कारवाही नै भएपनि यसवर्षको वर्षेखेती सिजनमा देशकै प्रमुख कृषिबाली धान खेतिका लागि मलको हाहाकार समाधान नहुने भएको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ४ : ५६ बजे

प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीबाट आह्वान भएको सर्वपक्षीय बैठक आज

सातवटा विद्युत ग्रिड सबस्टेसन स्वचालित प्रणालीमा सञ्चालन

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका पुराना सातवटा ग्रिड सबस्टेसन स्वचालित

दुई पटकको सूचनामा पनि उपकुलपतिका लागि परेन निवेदन

काठमाडौँ । सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति पदमा

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । बिहीबारको तुलनामा आज सुनचाँदीको मूल्यमा केही कमी आएको

प्रतिनिधिसभा निर्वाचनको तयारी तीव्र, यस्तो छ कार्यतालिका

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा