५ श्रावण २०८३, मंगलबार | July 21, 2026

मल नल्याउने किसानमारा ठेकेदारलाई सरकारले ग-यो कार्वाही, धरौटी जफत (पत्रसहित)



काठमाडौं । रासायनिक मल नल्याएर आम किसानको छातीमा लात हान्ने बद्नाम दुई ठेकेदार कम्पनीलाई सरकारले कार्वाही गरेको छ ।

सारदा अधिकारीको शैलुङ इन्टरप्राइजेज र हरेराम कोइरालाको होनिको मल्टिपललाई कारवाही गरेको हो ।

कृषि सामग्री कम्पनी लिमिटेडसँग २५/२५ हजार मेट्रिक टन युरिया आपूर्ति सम्झौता गरेर पनि आयात नगरेपछि यि कम्पनीलाई कार्वाही गरिएको छ ।

कृषि मन्त्रालय अन्तर्गतको सो कम्पनीले मल आपूर्तिका लागि ठेक्का लगाएकाे थियो।

शैलुङ इन्टरप्राइजेज र होनिको मल्टिपल कम्पनीले भदौ २० गतेसम्म मलको सबै परिणाम ल्याउनुपर्ने थियो । तर, दुबै कम्पनीले मल आयातको प्रकियासमेत सुरू गरेका थिएनन् ।

कृषि सामग्री कम्पनीको आइतबार बसेको बैठकले दुबै कम्पनी ठेक्का रद्द गर्ने, धरौटी जफत गर्ने, क्षतिपूर्ति भराउने र कम्पनीलाई कालो सूचीमा राख्ने निर्णय गरेको छ ।

दुवै कम्पनीले ५/५ करोड रूपैयाँ धरौटी राखेका थिए ।

शक्ति र पहुँचका आधारमा मल आयात नगर्ने यि दुबै कम्पनीले पुन: म्याद थपका लागि शुक्रबार कृषि कम्पनीमा निवेदन दिएका थिए ।

तर अत्याधिक आलोचना भएपछि सरकार उनीहरूलाई कार्वाही गर्ने निस्कर्षमा पुगेको हो ।

ठेकेदारहरूलाई कारवाही नै भएपनि यसवर्षको वर्षेखेती सिजनमा देशकै प्रमुख कृषिबाली धान खेतिका लागि मलको हाहाकार समाधान नहुने भएको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ४ : ५६ बजे

अब अनलाइनबाटै वैदेशिक रोजगार ठगीसम्बन्धी उजुरी दिन सकिने

काठमाडौं । के तपाईं वैदेशिक रोजगारीको प्रलोभनमा परी ठगिनु भएको

नेपालको विकास यात्रामा रुसको योगदान महत्त्वपूर्ण छ : वर्षमान पुन

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता तथा पूर्वअर्थमन्त्री वर्षमान

तयारी पोसाक उद्योगको विकासमा सरकार कटिबद्ध : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले स्वदेशमा उत्पादित तयारी पोसाक उद्योगको

चौतर्फी विरोधपछि शिक्षा-स्वास्थ्यको ३ प्रतिशत कर फिर्ता लिन सरकार बाध्य

काठमाडौं । सरकारले निजी शिक्षा र स्वास्थ्य क्षेत्रमा लागू गर्ने

ढोरपाटन आवातजावतमा सास्ती

पोखरा । ढोरपाटनका स्थानीय तथा यहाँ आउने पर्यटकले ढोरपाटन आवातजावतमा