११ श्रावण २०८३, सोमबार | July 27, 2026

एकै गाउँका चार बालबालिका सम्पर्कविहीन 



सोलुखुम्बु । सोलुखुम्बुको माप्य दुधकोशी गाउँपालिका- २ बासाका चार बालबालिका सम्पर्कविहीन भएका छन् । परिवारका अनुसार शनिबार साँझ पाँच बजेदेखि उनीहरू सम्पर्कविहीन छन् ।

स्थानीय कृष्णबहादुर राईका छोरा १२ वर्षीय तुषण राई र आठ वर्षीय सुदिप राई, सोही गाउँका आङछिरि राईका सात वर्षीय छोरा फ्रान्सीस राई र साढे दुई वर्षीया छोरी सिजल राई बेपत्ता छन् ।

साँझपख खेल्नभनी घरबाट निस्केका उनीहरू नफर्किएको बासाखाली माध्यामिक विद्यालयका प्रधानाध्यापक कुमार राज श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार शनिबार साँझदेखि नै गाउँलेले खोजीकार्य जारी राखे पनि हालसम्म अवस्था पत्ता लागेको छैन ।

उनीहरूलाई देख्ने जो कोहीले ९८४४६६०५०८ मा सम्पर्क गरि खबर गरिदिन परिवारले अनुरोध गरिएको छ । रासस

प्रकाशित मिति : २१ भदौ २०७७, आइतबार  ९ : ४४ बजे

सुनसरी तनावग्रस्त : झडप नियन्त्रण गर्न प्रहरीले गोली चलाउँदा एकको मृत्यु, २२ जना घाईते

सुनसरी । सुनसरीको देवानगञ्ज गाउँपालिकास्थित कप्तानगञ्ज बजारमा साउने सोमबारको बोलबम

आजको मौसम : धेरै स्थानमा वर्षा, केही क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशका विभिन्न स्थानमा आज पनि वर्षाको सम्भावना रहेकाले

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा