२९ मंसिर २०८२, सोमबार | December 15, 2025

कोरोना संक्रमणबाट ३०० जनाको ज्यान गयो, पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु



काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट देशभर ११ जना संक्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार अपरान्ह सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरण अनुसार ७ जिल्लाका ११ जनाको मृत्यु भएको हो । जसमध्ये ४ जना महिला र ७ जना पुरुष रहेका छन् ।

काठमाडौंमा सबैभन्दा बढी ३ जना महिलाको मृत्यु भएको छ । उनीहरु ३७, ९० र ८३ वर्ष उमेका रहेका थिए ।

यसैगरी कास्कीका ६३ वर्षीया महिलाको पनि मृत्यु भएको छ ।

यस्तै, मोरङमा सबैभन्दा बढी ३ जना पुरुषको मृत्यु भएको मन्त्रालयले जारी गरेको तथ्यांकमा जनाइएको छ । उनीहरु ७६, ८७, ६२ वर्षका रहेका छन् ।

यस्तै, सर्लाहीका ३५ वर्षीय, दोलखाका ५९ वर्षीय, मकवानपुरका ३९ वर्षीय र बाँकेका ५९ वर्षीय पुरुषको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

हालसम्म देशभर ३०० जनाको मृत्यु भएको छ । नेपालमा कोरोना भाइरको संक्रमणबाट हुने मृत्युदर ० दशमलव ६४ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७७, सोमबार  ४ : ५२ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष