१६ बैशाख २०८१, आइतबार | April 28, 2024

ब्राउन सुगरसहित कञ्चनपुरको सीमा क्षेत्रबाट दुई पक्राउ



कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० नेपाल–भारत सीमास्थित दशगजा क्षेत्रबाट लागु पदार्थ ब्राउन सुगरसहित दुई जनालाई सशस्त्र प्रहरीले सोमबार साँझ पक्राउ गरेको छ ।

सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट भुडाका सशस्त्र प्रहरी निरीक्षक गोविन्द थापाको नेतृत्वको टोलीले एक ग्राम ब्राउन सुगरसहित दुई जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा वेदकोट नगरपालिका–९ सुन्दरपुरका २९ वर्षीय पृथ्वी डगौरा र सोही ठाउँ बस्ने ३० वर्षीय सुरेश राना रहेको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्रबहादुर ऐरले बताए ।

दशगजा क्षेत्रमा भारतीयहरुले कालो प्लाष्टिकमा माटो बाँधेर ब्राउन सुगर नेपाली सीमातर्फ फालेका थिए । उक्त स्थानमा रहेका डगौरा र चौधरीको खानतलासी लिँदा उनीहरुको साथबाट ब्राउन सुगर बरामद भएको थियो ।

नियन्त्रणमा लिइएका दुवैलाई बिओपी भुडामा ल्याइएको छ । बरामद ब्राउन सुगर र नियन्त्रणमा लिइएका दुवैलाई नेपाल प्रहरीलाई बुझाउने प्रक्रिया भइरहेको छ । रासस

प्रकाशित मिति : २३ भाद्र २०७७, मंगलबार  ९ : ०६ बजे

नेपालगन्जका संस्थागत विद्यालयलाई हरेक बर्ष भर्ना शुल्क लिन रोक, एसी र परिचय पत्रको शुल्क लिन पाइने

नेपालगन्ज । नेपालगन्जमा संचालनमा रहेको निजी बिद्यालयहरुले मनोमानी चर्को शुल्क

दोश्रो कान्छीबजार साँस्कृतिक मेला यही बैशाख २० गते देखि हुदैं

तिलोत्तमा । रुपन्देहीको तिलोत्तमा-१० कान्छीबजारमा दोश्रो सांस्कृतिक मेला-२०८१ हुने भएको

न्यायाधीश र अधिवक्तामाथिको लाञ्छना आपत्तिजनक : सर्वोच्च बार

काठमाडौं । सर्वोच्च अदालत बार एसोसिएसनले सर्वोच्च अदालतका बहालवाला न्यायाधीश

अन्तर्राष्ट्रिय लगानीकर्ताहरुको अनुभव : ‘नेपालमा लगानीमैत्री वातावरण रहेको छ’

काठमाडौं । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायीले नेपालमा लगानीमैत्री वातावरण भएको