७ श्रावण २०८३, बिहिबार | July 23, 2026

कोरोना भाइरस विरुद्धको युद्धका नायकहरुलाई चिनियाँ राष्ट्रपति सी द्वारा सर्वोच्च सम्मान



बेइजिङ । चिनियाँ राष्ट्रपति सी चिनपिङले मंगलबार कोभिड–१९ महामारीविरुद्ध चीनले अपनाएको लडाईका हिरोहरुलाई राष्ट्रिय सम्मान गरेका छन् ।

बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा आयोजित भव्य कार्यक्रममा राष्ट्रपति सी ले सम्बोधन गर्दै चिनियाँ मोडेलहरुको प्रशंसा गरेका छन् ।

बेइजिङमा अवस्थित रहेको ‘ग्रेट हल अफ द पिपल’मा बोलाइएको एक सभालाई सी ले महामारी विरुद्धको लडाईंमा उत्कृष्ठ योगदान दिने चार जना नायकहरुलाई राष्ट्रिय पदक र सम्मानित उपाधि प्रधान गरेका छन् ।

कोरोना विरुद्धको युद्धका नायकहरुले संकटपूर्ण अवस्था एवं विदेशी प्रभुत्ववादी स्थितिको वावजुद पनि अभूतपूर्व इच्छा शक्तिका साथ नेतृत्व गरेर देशलाई वचाएको भन्दै सी ले प्रसंशा समेत गरे ।

सर्वोच्च रिपब्लिक पदक पाउनेमा वरिष्ठ चिकित्सक झोङ कङसन रहेका छन् । झोङ एवं अन्य प्रतिनिधिरु ग्रेट हल अफ द पिपलमा प्रवेश गर्दैगर्दा सेनाका जवानहरुले सलामी अर्पण गरेका थिए ।

सभा भवन अगाडि उपस्थित ठूलो समुहले ती चार नायकहरुलाई उच्च सम्मान दिँदै तालीले स्वागत गरेका थिए ।

झोङ ग्वाङडोङ प्रान्तको ग्वान्जाओमा चाइनिज एकेडमी अफ इन्जिनियरिङका सदस्य एवं नेशनल क्लिनिकल रिसर्च सन्टर फर रेस्पिरेटरी डिजिजका निर्देशक हुन् । उनले कोरना भाइरसको स्थितीलाई समयमै पहिचान गरी नियन्त्रण गर्न नायकको भूमिका खेलेका थिए ।

सम्मान प्राप्त अन्य सदस्यहरुमा परम्परागत चिनियाँ चिकित्सा विधीका विशेषज्ञ झाङ बोलि, सैन्य चिकित्सक चेन चेन र अर्का चिकित्सक झाङ डियानयु रहेका छन् ।

चीनको हुपेई प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट कोरोना भाइरस सङ्क्रमण फैलिन शुरु भएको थियो

उक्त समयबाट शुरु भएको यस प्रकोपका कारण हालसम्म विश्वभरी आठ लाख ९६ हजार ९२६ जनाको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले मङ्गलबार जनाएको छ ।

यद्यपी चीनले भने यस महामरीलाई विभिन्न मोडलहरुको सहयोगले नियन्त्रणमा लिन सफल भएको छ । चीनमा ८५ हजार १४४ कोरोना भाइरस सङ्क्रमित भएका थिए । यस सङ्क्रमणबाट चीनमा ४ हजार ६३४ जनाको मृत्यु भएको थियो ।

चीनमा ८० हजार ३३५ जना कोरोना भाइरस मुक्त भएका छन् । हाल चीनमा ११५ जनामा मात्र कोरोना भाइरस सङ्क्रमण रहेको छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ६ : ४५ बजे

लोकतान्त्रिक परिवर्तनको अगुवाइ राजनीतिक दलबाटै भएको हो : ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले जनताको अधिकार

अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै मिलाउन प्रमको निर्देशन

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले अर्ग्यानिक उत्पादनको प्रमाणीकरणको व्यवस्था स्वदेशमै

नेपाललाई ‘ग्रे लिस्ट’ बाट बाहिर निकाल्न सरकार प्रयासरत छ : अर्थमन्त्री

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले नेपाललाई ‘ग्रे लिस्ट’ बाट

नारायणी लिफ्ट सिँचाइ आयोजनाको १३ किलोमिटर नहर अतिक्रमणमा

चितवन । नारायणी लिफ्ट सिँचाइ आयोजनाको झण्डै १३ किलोमिटर नहर

लागुऔषधसहित चार जना पक्राउ

काठमाडौं । काठमाडौं र मोरङबाट लागुऔषधसहित चार जना पक्राउ परेका