१० श्रावण २०८३, आइतबार | July 27, 2026

सडकमा बेसहाराहरुलाई बुटवल उपमहानगरद्वारा निःशुल्क पीसीआर सहयोग



बुटवल । कोरोना सङ्क्रमण समुदायस्तरमा फैलिदै जानथाले पछि बुटवल उपमहानगरपालिकाले सडकमा रात बिताउन बाध्य बेसाहरा सहयोगापेक्षीको स्वास्थ्य सुरक्षा कार्यक्रम शुरु गरेको छ ।

उपमहानगरपालिकाले सहयोगापेक्षीको सडकबाट उद्धार गरी निःशुल्क पीसीआर परीक्षण थालेको हो ।

बुटवललाई सडक मानवमुक्त क्षेत्र घोषणा गरिएको छ । घोषणा गरेयता सडकमा फेलापर्ने कुनैपनि बेसहारा तथा सहयोगापेक्षीलाई तत्काल उद्धार गरिंदै आएको छ ।

आफन्तविहिन भएर सडकमा बेवारिसे जीवन बिताएका बेसाहरालाई कोरोना सङ्क्रमण हुनसक्ने र उनीहरुको जीवन रक्षा गर्ने उद्देश्यले पिसिआर परीक्षण शुरु गरिएको उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले बताए ।

लकडाउनको अवधिमा बुटवल उपमहानगरपालिकाले २८ बेसाहराको उद्धार गरी बुटवलस्थित मानव सेवा आश्रममा राखिएको प्रमुख सुवेदीले जानकारी दिए ।

प्रमुख सुवेदीका अनुसार बुटवल भित्र कोही पनि अशक्त र रोगी कोरोनाको जोखिममा नपरुन भन्ने उद्देश्यले सडकमा बेसाहरा भएकाको उद्धार र पीसीआर परीक्षण गरिएको हो ।

आठजनाको स्वाव सङ्कलन गरी प्रयोगशालामा पठाइएको र रिर्पोट नआउन्जेल छुट्टै आइसोलेशनमा राखिएको छ ।

उनीहरूमा त्यस्तो कुनै लक्षण नदेखिएको उपमहानगरपालिकाका स्वास्थ्यकर्मीले जानकारी दिएका छन् । पीपीई लगायतका उद्धारकर्ता र स्वास्थ्यकर्मीले मानवीय सहयोगका काम निरन्तर गर्दै आएका छन् ।

कोरोनाका कारण एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पर्क समेत गर्न नसकेको अवस्थामा बुटवल उपमहानगरले भने सडकमा बेसाहरा भएर जीवन बिताएकालाई नगर प्रहरी मार्फत उद्धार गरी मानव सेवा आश्रममा राख्ने गरेको छ ।

बुटवल उपमहानगरले सहयोगापेक्षीको उद्धार र व्यवस्थापनमा सहयोग गरेको मानव सेवा आश्रम रुपन्देही जिल्ला संयोजक सरु अधिकारीले जानकारी दिइन । अधिकारीका अनुसार बुटवल क्षेत्रबाट लकडाउनमा २८ र प्रदेश ५ बाट ४५ जनाको उद्धार गरिएको छ ।

उपमहानगरले कोरोनाबाट नागरिक बचाउने गरी पीसीआर परीक्षणलाई फराकिलो बनाएको उपप्रमुख गुमादेवी आचार्यले बताइन। आचार्यले लैंगिक हिंसामुक्त नगरको कार्ययोजना अनुरुपका पनि काम भइरहेको बताइन ।

मिर्गौलाको डायलासिस गराउनुपर्ने र क्यान्सर रोगीको निःशुल्क पिसिआर परीक्षण गरिएको छ जसलाई यहाँका अरु पालिकाले पनि अनुशरण गरेका छन् ।

उपमहानगरले सडकमा बेसाहरा भएकाको पीसीआर परीक्षण गरेर अर्को नमूना काम गरेको भन्दै धेरैतिरबाट प्रशंसा भएको प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्माको भनाई छ ।

प्रकाशित मिति : २३ भदौ २०७७, मंगलबार  ६ : ५९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले