१७ फाल्गुन २०८२, आइतबार | March 1, 2026

सीपीएल : सन्दीपआवद्ध जमैका सेमिफाइनलमा पराजित



काठमाडौं । क्यारेबियन प्रिमियर लिग (सीपीएल) काे सेमिफाइनलमा नेपाली लेगस्पिनर सन्दीप लामिछाने आवद्ध जमैका तल्लावाज पराजित भएको छ ।

ट्रिन्बागो नाइट राइडर्ससँग गएराति भएको सेमिफाइनल खेलमा जमैका ९ विकेटले पराजित भएको हो । यो जितसँगै नाइट राइडर्स फाइनल प्रवेश गरेको छ । जमैकाले दिएको १ सय ७ रनको सामान्य लक्ष्य नाइट राइडर्सले १५ ओभरमा १ विकेट गुमाएर पूरा गर्‍यो ।

उसका लागि लिन्डल सिमन्सले ५४ र टिवन वेबस्टारले अविजित ४४ रन बनाए । बलिङमा जमैकाका मुजीबउर रहमानले १ विकेट लिए ।

सेमिफाइनलमा सन्दीप भने विकेटविहीन रहे । उनले ४ ओभर बलिङ गर्दा विनाविकेट २९ रन खर्चिए । यो सिजनको सीपीएलमा सन्दीप विकेटकविहीन भएको यो पहिलो खेल हो ।

त्यससअघि टस हारेर ब्याटिङको मौका पाएको जमैकाले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ७ रन मात्र बनाउन सक्यो ।

उसका लागि नकरुम्हा बोन्नरले ४१, कार्लोस ब्रार्थवेटले १३, कप्तान रोभम्यान पावेलले ३३ रन बनाउँदा बाँकी ब्याट्सम्यानले भने दोहोरो अंकमा समेत रन बनाउन सकेनन् । बलिङमा नाइट राइडर्सका अकिल होसेनले ३, खरी पिर्रेले २, सुनिल नारायण र फवाद अहमदले १र१ विकेट लिए ।

जितसँगै नाइट राइडर्सले फाइनलमा सेन्ट लुसिया जुक्सले फाइनलमा स्थान बनाएको छ । जुक्सले गयना अमेजन वारियर्सलाई १० विकेटले हराएर फाइनलमा स्थान बनाएको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ६ : २१ बजे

कांग्रेसले भ्रष्टाचारको छानबिन आफैँबाट सुरु गर्छ : उपसभापति शर्मा

भक्तपुर । नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सरकारको नेतृत्वमा आएपछि

चीनद्वारा इरानी सर्वोच्च नेता खामेनीको हत्याको निन्दा, सैन्य कारबाही तत्काल रोक्न आग्रह

बेइजिङ । अमेरिका र इजरायलले इरानमा गरेको आक्रमणमा इरानी सर्वोच्च

देशभरका छ हजार ७४३ वडामा दिइयो मतदाता शिक्षा

काठमाडौँ । आमनागरिकलाई मताधिकारको महत्त्व र मतदान प्रक्रियाबारे जानकारी दिने

अलपत्र नेपालीलाई सरकारले अलपत्र स्थान मै सुरक्षा दिएर राख्ने व्यवस्था मिलाउने

काठमाडौँ । सरकारले मध्यपूर्वका विभिन्न देशका विमानस्थलमा पुगेर अलपत्र परेका

कांग्रेस (बीपी) नेपाली कांग्रेसमा समाहित, गगनले गरे घोषणा

काठमाडौं । नेपाली कांग्रेस (बीपी) औपचारिक रूपमा नेपाली कांग्रेसमा समाहित