१४ बैशाख २०८१, शुक्रबार | April 27, 2024

रुपन्देहीको सैनामैनामा कोरोना नियन्त्रण प्रभावकारी, नगर प्रमुख संक्रमितको घरघरमा



सैनामैना । रुपन्देहीको सैनामैनामा समुदायस्तरमा कोरोना देखिन साथ नगरपालिकाले बिना ढिलासुस्ती आफ्नो योजना बनाएपछि संक्रमण नियन्त्रणमा सफलता हाल लागेको छ ।

नगरक्षेत्रभित्र संक्रमितहरु देखिन थाले लगत्तै सैनामैना नगरपालिकाले कन्ट्रयाक्ट ट्रेसिङ सुरु गरेको थियो । ढिला नगरी गरिएको स्वाब संकलन र संक्रमितको नजिक रहेकाहरुलाई निगरानीमा राख्दै उनीहरुलाई होम क्वारेन्टाईनमा बस्न आग्रह गरेको थियो ।

पछिल्लो पटक संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका ३२३ जनाको स्वाब संकलन गरी कोरोना परीक्षण गराउँदा जम्मा ९ जनामा संक्रमण देखिएको छ ।

ठुलो संख्यामा स्वाब परीक्षण गर्दा थोरै मात्र संक्रमित हुनु खुशीको कुरा रहेको सैनामैनाका नगर प्रमुख चित्रबहादुर कार्कीले बताउँछन । सैनामैना एउटा ठुलो संकटबाट हाललाई मुक्त भएकोमा कार्कीले सन्तोष मानेका छन् । भन्छन्, “धेरैले सैनामैनामा कोरोना महाकारी ब्यापक हुने भो भन्ने आकलन गरेका थिए जुन अहिले गलत साबित भएको छ ।”

सैनामैनामा सबैको सहयोग र साथले नै कोरोना महामारीसंग जध्न सहज भएको र आगामी दिनमा अझ स्वास्थ्य सुरक्षा सर्तकतामा सचेत हुदै दैनिकी चलाउनु पर्ने समेत कार्कीले बताए । फ्रन्ट लाईनमा बसेर सेवाप्रवाह गर्ने स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, जनप्रतिनिधि, कर्माचारी बर्ग, एम्बुलेन्स चालक,राजनैतिक दल, समाजसेवी लगायत सिङ्गो नगरबासीको सहयोग र साथले नै महामारी रोकथाम गर्न सफल हुदै आएको समेत कार्कीले जनाएका छन् ।

कोरोना अपडेट
सैनामैनामा हाल सम्म करिब १३५० जनाको पीसीआर परीक्षण गरिएको छ । जसमध्ये ८० जनामा कोरोना संक्रमण देखिएको थियो । ८० जना मध्ये ४७ जना निको भईसकेका छन भने १ जनाको मुत्यु भएको छ । बाँकी २४ जना सैनामैना १ मा रहेको पदमपाणी योग तथा प्राकृतिक चिकित्सालयको आईसोलोशन अस्पतालमा, २ जना बुटवल आइसोलेशन अस्पतालमा रहेका छन् भने ६ जना होम आईसोलेशनमा रहेको सैनामैनाका स्वास्थ्य संयोजक हेमराज पन्थीले बताए ।

सैनामैनामा हाल सम्ममा कन्ट्रयाक टे«सिङमा रहेका ३२३ जना, समुदायस्तरमा २८७ जना र दीर्घ रोगी २२ जनामा कोरोना परीक्षण गरिएको नगरले जनाएको छ । जसमध्ये कन्ट्रयाक टे«सिङबाट ९ जनामा, समुदायस्तरबाट ९ जनामा कोरोना संक्रमण पाईएको हो । दीर्घ रोगी २२ जनामा सबैमा भने कोरोना नेगेटिभ रहेको छ ।

नगर प्रमुख संक्रमितको घरघरमा
सैनामैना नगरपालिकाका प्रमुख चित्रबहादुर कार्की अहिले कोरोना संक्रमितहरुको घरदैलो गर्दै उनीहरुको मनोबल बढाउन अग्रसर भएका छन् ।

होम क्वारेन्टिनमा बसेकाहरुको मनोबल बढाउने र उनीहरुमा थप हौसला प्रदान गर्न नगर प्रमुख कार्कीको अहिले दैनिकी नै बनेको छ ।
कोरोना संक्रमितहरुको मनोबल बढाउन प्रमुख कार्कीले संक्रमितहरु बसेको घर घरमै गएर उनीहरुको समस्या बुझ्ने र समाधानका लागि पहल गर्ने क्रम चलेको छ ।

खासगरी संक्रमितहरुमा उच्च मनोबल आवश्यक पर्ने भएपछि नगरप्रमुख अहिले प्रत्येक दिन होम क्वारेन्टिनमा बसेकाहरुको घरदैलोमा पुग्न थालेका छन् । त्यसक्रममा उनले संक्रमितहरुलाई आवश्यक परामर्श गर्ने, मनोबल बढाउने र छिटै निको भएर सामान्य जीवन यापन गर्नका लागि शुभकामना समेत दिने गरेका छन् ।

नगरप्रमुख कार्कीले होम क्वारेन्टिनमा मात्र होइन बनकट्टामा रहेको पदमपाणी योग चिकित्सालयमा निर्माण गरिएको क्वारेन्टिनमा दैनिक जाने र त्यहाँ रहेका संक्रमितहरुसंग भेटघाट गरेका छन् ।

नगर प्रमुख कार्कीले संक्रमितका परिवारलाई समेत भेटेर परिवार र समाजले संक्रमितलाई गर्न सक्ने दुव्र्यवहार जस्ता कृयाकलाप अन्त्य गर्न समेत निर्देशन दिएका छन् ।

कोरोना जोखिमको बेलासमेत होम क्वारेन्टिनमा बसेकाहरुको घर घरमा पुगेर नगर प्रमुख कार्कीले हौसला बढाउने काम गरेकोमा संक्रमित र तिनका परिवारले खुसी व्यक्त गरेका छन । संक्रमितहरुले आफूहरुमा हौसला र थप आत्मविश्वास बढेको बताएका छन ।

दीर्घ रोगीकोे निःशुल्क पीसीआर परीक्षण
सैनामैनाले दीर्घरोगी बिरामीहरुका लागि पीसीआर रिपोर्टको अभावमा बिरामीको उपचारमा समस्या हुन थालेपछि त्यसको सहजताका लागि नगरपालिकाले निःशुल्क पीसीआर परीक्षण गरेको छ । नगरभित्र बसोबास गर्ने विपन्न परिवारका सदस्य एवम् विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका डायलसिस, क्यान्सर लगायतका बिरामीहरुको निःशुल्क परीक्षण गरिएको हो ।

अहिलेसम्म नगरबाट २२ जना बिरामीहरुको स्वाब संकलन गरी परीक्षण गरिएकोमा सबैको नेगेटिभ रिर्पोट आएको नगरपालिकाले जनाएको छ । नगरमा रहेका अन्य विपन्न परिवार तथा दीर्घ बिरामीहरुले नगरपालिकाको स्वास्थ्य शाखामा सम्पर्क गर्न समेत पन्थीले आग्रह गरे ।


नियमित बजार अनुगमन
कोभिड नियन्त्रण तथा जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउनँदै आजदेखि जिल्लामा व्यापार व्यवसाय आन्तरिक रुपमा निश्चित समयका लागि खोल्ने निर्णय गरेको छ । व्यवसायीहरुले स्वास्थ्य मापदण्ड पुरा गरे नगरेको अनुगमन नगरपालिकाले गरिरहेको छ ।

नगरपालिकाका नगर उपप्रमुख बिना रानाको नेतृत्वमा नगरपालिकाका विभिन्न ठाउँहरु बनकट्टा, रानिबगिया, मुर्गिया र बुद्धनगर, क्लौनी, बाँसगढी, सालझण्डी क्षेत्रका पसलहरुमा बजार अनुगमनमा गर्दै आएको छ ।

व्यापारी व्यवसायीहरुलाई अनिवार्य रुपमा स्वास्थ्य सुरक्षा मापदण्ड पुरा गर्दै व्यवसाय सञ्चालन गर्न आग्रह गर्दै आएको सैनामैनाका उपप्रमुख बिना रानाले बताउँछन् । महामारीको बेला हुन सक्ने कालो बजारी रोक्न समेत बजार अनुगमनलाई तिव्रता दिईएको बताउदै उपप्रमुख रानाले सुरक्षा मापदण्ड विपरीत व्यवसाय संचालन गरेको पाइएमा नियम बमोजिम कारबाही गरिने समेत उपप्रमुख रानाले जनाएका छन् ।

त्यस्तै बैंक तथा वित्तिय संस्थाहरुलाई पनि स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरी भीडभाड नहुने व्यवस्था मिलाएर नियमित सेवा प्रदान गर्न आग्रह आग्रह गरिएको छ । अधिकांश पसलमा उपप्रमुखकै उपस्थितिमा सुरक्षा घेरा समेत बनाउन लगाइएको छ ।

उपप्रमुख रानाको नेतृत्वमा सैनामैना उद्योग वाणिज्य संघका प्रतिनिधि, सैनामैना व्यापार संघका प्रतिनिधी, उपभोक्ताहित संरक्षण मञ्च सैनामैनाका प्रतिनिधि, इलाका प्रहरी कार्यालय रन्यौरा (मुर्गिया), इलाका प्रहरी कार्यालय सालझण्डीका प्रतिनिधि, नगरपालिकाका कर्मचारी लगायतको टोलीले बजार अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति : २४ भाद्र २०७७, बुधबार  १२ : ११ बजे

इलाम र बझाङ उपनिर्वाचनः मतदानमा सहभागी हुन आयोगको अपिल

काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङमा भोलि हुन लागेको

पहिलो पटक हुम्ला पुगे दुई टिपर, स्थानीयले गरे फूलमालाले स्वागत

हुम्ला । राष्ट्रिय सडक सञ्जालसँग नजाडिएको हिमाली जिल्ला हुम्लाको सदरमुकाम

बुटवलपछि बागमती प्रदेशका सरकारी कार्यालयमा पनि तीन भाषामा बडापत्र

हेटौंडा । बुटवल उपमहानगरपालिकाले आफ्नो कार्यालय परिषरमा ४ भाषामा बडापत्र

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले अहिले मुलुकको

अमेरिकी विदेशमन्त्री ब्लिन्कन र चिनियाँ राष्ट्रपति सीबीच भेटवार्ता

काठमाडौं । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्कनले चिनियाँ राष्ट्रपति सी जिनपिङसँग