१० श्रावण २०८३, आइतबार | July 27, 2026

निषेधाज्ञा खोलिए काठमाडौं उपत्यकामा संक्रमण थप बढ्छ : स्वास्थ्य मन्त्रालय



काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं उपत्यकामा अझै एक साता निषेधाज्ञा लम्ब्याउन सुझाव दिएको छ ।

कोरोना संक्रमण दर अझै नघटेको भन्दै मन्त्रालयले जारी निषेधाज्ञालाई एक साता थप्न सुझाव दिएको हो ।

अबको एक साता निषेधाज्ञा लम्ब्याए महामारी नियन्त्रण गर्न सहज हुने मन्त्रालयको निस्कर्ष रहेको छ ।

काठमाडौं उपत्यकामा आज मध्यराति १२ बजेदेखि निषेधाज्ञा अवधी सकिँदैछ ।

दुई सय बढी एक्टिभ केस भएका ठाउँमा लकडाउन र पाँच सय बढी एक्टिभ केस भएका ठाउँमा कर्फ्यु नै लगाउने भन्ने स्वास्थ्यको मापदण्ड रहेका कारण त्यसैअनुसार चल्नुपर्ने मन्त्रालयका प्रमुख विशेषज्ञ महेन्द्रप्रसाद श्रेष्ठले बताए ।

उपत्यकामा जोखिम अझै नघटेको भन्दै मन्त्रालयका कोभिड–१९ इन्सिडेन्ट कमाण्ड सिस्टम (आईसीएस) प्रमुख डा. गुणराज लोहनीले जनस्वास्थ्यको हितका लागि निषेधाज्ञालाई निरन्तरता दिनु पर्ने जिकिर गरे ।

अहिले निषेधाज्ञालाई खुला गरे घना बस्ती भएको उपत्यकाको संक्रमण झन बढी फैलिने स्वास्थ्य मन्त्रालयको निस्कर्ष रहेको छ । संक्रमितहरु बढ्दै जाँदा स्वास्थ्यकर्मी र चिकित्सकहरुलाई थप प्रेसर पर्ने भन्दै मन्त्रालयले निषेधाज्ञालाई खुला नगर्न सुझाव दिएको हो ।

तर, तीन सातादेखिको लगातार निषेधाज्ञाका कारण आम मानिसको जनजीवन प्रभावित भएको र अर्थतन्त्र चौपट भएको भन्दै विकल्प खोज्न दबाब बढेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  १२ : ३९ बजे

क्यान्सर अस्पतालमा कुरुवाघर संचालनमा आउँदै

नेपालगन्ज । बाँके स्थित खजुरा क्यान्सर अस्पतालमा उपचार गर्न आउने

भक्तपुरबाट पक्राउ परे एमबिएसको प्रश्नपत्र सार्वजनिक गर्ने व्यक्ति

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन सङ्कायतर्फ एमबिएस प्रथम सेमेस्टरको ‘अर्गनाइजेशनल

जमुनाह नाकामा ‘बीआइटी’ टोली परिचालन

नेपालगन्ज । भारतसँग सीमा जोडिएको नेपालगन्जस्थित बाँकेको जमुनाह सीमा नाकामा

निर्मला पन्त प्रकरणका आठ वर्ष पूरा : अनुसन्धान अधुरै

महेन्द्रनगर । कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया बालिका निर्मला

खजुरा क्यान्सर अस्पतालमा एउटै छानामुनी सम्पूर्ण डायग्नोसिस सेवा

नेपालगन्ज । बाँकेको खजुरा स्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालले