३१ जेष्ठ २०८२, शनिबार | June 14, 2025

बुटवलमा थपिए १३ नयाँ कोरोना संक्रमित, ५ जनाको ठेगाना अस्पष्ट



बुटवल । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा १३ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुधबार उपमहानगरमा १० पुरुष र ३ महिलामा संक्रमिण पुष्टि भएको छ ।

बुटवल उपमहानगरमा बुधबार पनि स्पष्ट ठेगाना नखुलेका ५ जनामा संक्रमिण पुष्टि भएको छ । उप महानगरको स्वास्थ्य शाखाका अनुसार ठेगानामा बुटवलमात्र लेखाएर स्वाव दिएका ५ जना सहित वार्डनम्बर ११ मा ३ जना तथा वार्ड नम्बर २, ३, ४, ६ र ९ मा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

बुटवलमा आज सम्ममा ४२८ जनामा संक्रमण पुष्टि भएकोमा १९५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २३३ जनाले होम आइसोलसन तथा उपमहानगर भित्रको अस्पताल तथा एन्फा आइसोलेसनमा बसेर उपचार गराई रहेका छन् । उपमहानगरमा ६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । बुटवलमा स्पष्ट ठेगाना नखुलेका संक्रमितको संख्या ३३ पुगेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ७ : ३२ बजे

आजको मौसम : यी प्रदेशहरूमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भू-भाग

मेयर कप महिला तथा पुरुष भलिबल प्रतियोगिता : आदर्श र धम्बोझी विजयी

नेपालगन्ज । नेपालगन्जमा आयोजित प्रथम नगर मावि स्तरीय मेयर कप

गोप्य फोटो भिडियो बनाई बार्गेनिङ गर्ने २ जना पक्राउ

संखुवासभा । व्यक्तिगत गोपनिय फोटो र भिडियो बनाएर बार्गेनिङ गर्ने

बागलुङ जिप दुर्घटना अपडेट : घाइते तथा मृतकको पहिचान खुल्यो

बागलुङ । आज साँझ बागलुङको ढोरपाटन नगरपालिका–५ अस्तुमा भएको जिप

माओवादी नेता तथा संविधानसभा सदस्य विरेन्द्र जुहारचनको अन्त्येष्टि

मुस्ताङ । संविधानसभा सदस्य एवं नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का