२ चैत्र २०८२, सोमबार | March 17, 2026

बुटवलमा थपिए १३ नयाँ कोरोना संक्रमित, ५ जनाको ठेगाना अस्पष्ट



बुटवल । पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरमा १३ जना नयाँ कोरोना संक्रमित थपिएकाछन् । उपमहानगरको स्वास्थ्य शाखाले दिएको जानकारी अनुसार बुधबार उपमहानगरमा १० पुरुष र ३ महिलामा संक्रमिण पुष्टि भएको छ ।

बुटवल उपमहानगरमा बुधबार पनि स्पष्ट ठेगाना नखुलेका ५ जनामा संक्रमिण पुष्टि भएको छ । उप महानगरको स्वास्थ्य शाखाका अनुसार ठेगानामा बुटवलमात्र लेखाएर स्वाव दिएका ५ जना सहित वार्डनम्बर ११ मा ३ जना तथा वार्ड नम्बर २, ३, ४, ६ र ९ मा १।१ जना नयाँ संक्रमित थपिएका छन् ।

बुटवलमा आज सम्ममा ४२८ जनामा संक्रमण पुष्टि भएकोमा १९५ जना कोरोना मुक्त भएर घर फर्केका छन् भने २३३ जनाले होम आइसोलसन तथा उपमहानगर भित्रको अस्पताल तथा एन्फा आइसोलेसनमा बसेर उपचार गराई रहेका छन् । उपमहानगरमा ६ जना कोरोना संक्रमितको मृत्यु भईसकेको छ । बुटवलमा स्पष्ट ठेगाना नखुलेका संक्रमितको संख्या ३३ पुगेको छ ।

प्रकाशित मिति : २४ भदौ २०७७, बुधबार  ७ : ३२ बजे

स्थानीयबीच कुटाकुट हुँदा एक जनाको मृत्यु

बाजुरा । यहाँको स्वामीकार्तिक खापर गाउँपालिका– २ मा स्थानीयबीच कुटाकुट

काठमाडौँ उपत्यकासहित देशका धेरै ठाउँमा हुरीबतास, चट्याङ र वर्षा

काठमाडौँ । मौसम बदलीसँगै काठमाडौँ उपत्यकासहित आज देशका धेरै ठाउँमा

छोराछोरीसहित बेपत्ता महिलाको शव भेटियो, छोराछोरी अझै बेपत्ता

सुर्खेत । आइतबार बिहानदेखि भेरी नदीमा छोराछोरीसहित बेपत्ता भएकी गुर्भाकोट

गैरकानुनी कार्य गर्ने १४ औषधि पसल विरुद्ध मुद्दा दर्ता

नेपालगन्ज । औषधि व्यवस्था विभागको शाखा कार्यालय नेपालगन्जले ४४१ वटा

नेपालको विकास र समृद्धिमा सक्रिय रूपमा सहभागी हुन गैरआवासीय नेपालीलाई प्रधानमन्त्रीको आह्वान

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले वैदेशिक लगानीलाई उत्पादनमूलक क्षेत्रमा आकर्षित