१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सिरहा कारागारका ५९ कैदीबन्दीमा कोरोना संक्रमण पुष्टि, ७ जना सेना पनि संक्रमित



सिरहा । सिरहामा कारागारमा रहेका ५९ जना कैदीवन्दीलाई कोरोना संक्रमण पुष्टि भएको छ । बुधबार कोरोना पुष्टि भएका ६७ जनामध्ये ५९ जना सिरहा कारागारका कैदीबन्दी हुन् ।

उनीहरूको बुधबार पीसीआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णदेव यादवले जानकारी दिएका छन् ।

यस्तै, सात जना सैनिक र एक जना मिर्चैया नगरपालिकाका स्थानीयबासिलाई पनि संक्रमण पुष्टि भएको यादवले बताए ।

पछिल्लो केही दिन यता सिरहामा कोरोना संक्रमण निकै बढेको छ । ३ दिनमा मात्रै १ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भैसकेको छ ।

यससँगै सिरहामा संक्रमितको संख्या ६१० पुगेको छ । जसमध्ये ३५५ जना निको भएर घर फर्किएका छन् भने १० जनाको मृत्यु भएको छ । हाल सक्रिय संक्रमितको संखया २६५ रहेको छ ।

स्वास्थ्य कार्यालयले समुदायस्तरमै कोरोना संक्रमण फैलिएको अनुमान गरेको छ । संक्रमितहरु बढ्दै गएपछि अस्पतालहरुमा आइसोलेसन बेडको अभाव देखिएको छ ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ११ : ४८ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्