५ श्रावण २०८३, मंगलबार | July 21, 2026

ह्यान्डबल संघद्वारा १ सय १९ जना खेलाडीको कोरोना विमा



काठमाडौं। नेपाल ह्याण्डबल संघले खेलाडी, प्रशिक्षक र रेफ्रीहरु गरि १ सय १९ जनाको कोरोना विमा गरेको छ ।

विश्वमा महामारीको रुपमा कोरोना फैलिए सँगै संघले आफ्ना जुनियर तथा सिनियर राष्ट्रिय खेलाडी, प्रशिक्षक तथा रेफ्रीहरुको कोरोना विमा गराएको हो । अन्तर्राष्ट्रिय ह्याण्डबल महासंघ (आई.एच.एफ) को सहयोगमा पहिलो चरणमा १ सय १९ जनाको कोरोना विमा गरिएको संघका महासचिब सन्देश रेग्मीले जानकारी दिए ।

“हामीले पहिलो चरणमा १ सय १९ जनाको विमा गरेका छौं” महासचिब रेग्मीले भने–“अझै करिव ५० जना छन, एकै पटक नाम संकलनका लागि समस्या भएकोले यो साता भित्रै सवैको विमा गर्दैछौं ।” सवै प्रदेश र जिल्लाहरुबाट विमा गर्न छुटेका खेलाडीहरुको नाम संकलन गर्ने काम भइरहेको समेत उनले बताए ।

संघले जुनियर तथा सिनियर लेभलमा केही वर्ष देखि यता कुनै पनि अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएका खेलाडीहरुको कोरोना विमा गराएको कोषाध्यक्ष मिठाराम अधिकारीले बताए । उनले कोभिड १९ का कारण समस्यामा भएका खेलाडीहरुलाई समेत राहत वाड्नका लागि सवै जिल्लाहरुबाट नाम संकलन कार्य भइरहेको बताउँदै यसका लागि आर्थिक विनियम समेत संघले तयार पारिसकेको जानकारी दिए ।

अन्तर्राष्टिय ह्याण्डबल महासंघ (आई.एच.एफंंं) ले विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको कोभिड १९ विरुद्ध लड्न र नेपालको ह्याण्डबल खेल विकासका लागि भन्दै ६ हजार स्विस फ्र्यान्क नेपाल ह्याण्डबल संघलाई सहयोग गरेको अध्यक्ष तेज गुरुङले बताए ।

प्रकाशित मिति : २५ भदौ २०७७, बिहिबार  ८ : १० बजे

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

काठमाडौं । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६

जानकी गाउँपालिकाको सेवा नयाँ प्रशासनिक भवनबाट सुरु

नेपालगन्ज । बाँकेको जानकी गाउँपालिकाले नयाँ प्रशासनिक भवनबाट सेवा प्रवाह

विश्वकप लिग-२ मा नेपालले आज नामिबियासँग प्रतिस्पर्धा गर्दै

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको त्रिकोणात्मक एकदिवसीय शृङ्खलामा

संसदीय सुनुवाइ समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । सङ्घीय संसद्, संसदीय सुनुवाइ समितिको बैठक आज बिहान

केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव छ । जल